☰ open Loading... 22 September 2023|  

आणविक परिक्षणको चौतर्फी विरोध
  |

उत्तर कोरियाद्वारा शुक्रबार गरेको पाँचौ आणविक परीक्षणको विश्वका नेताहरुले निन्दा गरेका छन् । उत्तर कोरियाले गरेको आणविक परीक्षणलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा विदेशमन्त्री जोन केरी, जापानी प्रधानमन्त्री सिन्जो आवे, दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हे, फ्रान्सका विदेशमन्त्री जाँ मार्क आयरुट र नर्वेली विदेशमन्त्री ब्रोज ब्रेन्डलगायतका नेताले निन्दा गरेका छन् ।

विश्वका नेताद्वारा उत्तर कोरियाको पाँचौँ आणविक परीक्षणको निन्दा

अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकाले उत्तर कोरियालाई आणविक राष्ट्रका रुपमा कहिल्यै पनि स्वीकार गर्न नसक्ने बताउँदै उत्तर कोरियाविरुद्ध थप कडा एवम् महत्वपूर्ण कदम चाल्ने बताए। उनले उत्तर कोरियाले थप नयाँ किसिमका प्रतिबन्धको सामना गर्नुपर्ने बताए।

उत्तर कोरियाले शुक्रबार पाँचौँ आणविक परीक्षण गरेपछि जापानी प्रधानमन्त्री आवे तथा दक्षिण कोरियाली राष्ट्रपति पार्कसँग टेलिफोन वार्ता गरेको बताइएको छ ।

उक्त अवसरमा राष्ट्रपति ओबामाले आफू जापान तथा दक्षिण कोरियासँग सहकार्य गर्दै उत्तरका यस्ता गतिविधिलाई सामना गर्ने बताए । शुक्रबार उत्तर कोरियाले गरेको आणविक परीक्षणको रसियाले पनि निन्दा गरेको छ ।

!-- .entry-content -->