☰ open Loading... 26 July 2024|  

समयमै काम सम्पन्न गर्न घडि उपहार
  | २८ भाद्र २०७३, मंगलवार १०:३२

स्थानीय स्तरका कामहरु लाई अझै पारदर्शिता, जवाफदेही र समयमै सम्पन्न गर्न का लागि आज घडी उपहार दिईएको छ । तालिममा सहभागी भएका युवाहरूले खाजा खर्च बाट रकम जुटाएर उपहार हस्तान्तरण गरिएको हो ।

घडी हस्तान्तरण गर्दै ग्रामीण एकता युवा समूह तथा संजाल का अध्यक्ष अमर कार्की ले बाबियाचौरमा भईरहेका बिकास निर्माण का काम जो कोहिले पनि समयमै गर्नुपर्ने र यसको सुरुवात युवाहरुबाट नै सुरु गर्ने बताएका छन् ।

time

युवाहरूको अब बिकास निर्माणका काम देखि निति निर्माण तहमा युवाको सहभागिता हुनुपर्ने कुरामा जोड दिएका छन् । समयलाई राम्रोसँग चिन्न सके मात्रै देश बिकास हुने भएकोले समुदायको बिकास मा युवालाई परिचालन गरिनुपर्ने गाबिस सामाजिक परिचालक टिकाराम खराल ले बताउनुभएको छ ।

स्थानीय समूह लाई स्थानीय योजना तर्जुमा प्रक्रियामा सहभागी गराउने उद्देश्य का साथ २ दिने तालिम आज सम्पन्न भएको छ । गाबिस कार्यालय बाबियाचौरको हलमा सुरु भएको तालिममा ३० भन्दा बढीको सहभागीता रहेको थियोे ।

ग्रामीण एकता युवा समूह, सचेतना केन्द्र र वडा नागरिक मञ्च का सहभागी हरुलाई योजना तर्जुमा प्रक्रिया का १४ चरणको बारेमा छलफल गरिएको थियोे । तालिममा सहभागी युवा हरु अब हरेक क्षेत्रमा युवाको सहभागिता हुनुपर्ने र अर्थपूर्ण सहभागीता का साथ सहभागी बनाउन पर्ने जोड दिएका छन् ।

सुन्दर नेपालको युवा शसक्तिकरण परियोजना का युवा अधिकृत रबिन्द्र कुमार चन्दले तालिम लिएका सहभागी सबैले ब्यबहारमा प्रयोग गरेर देखाउनु पर्ने युवा समूह सक्रियता का साथ लाग्नुपर्ने बताउनुभयो । बाबियाचौर गाबिसले आयोजना गरेको तालिमको समन्वय सुन्दर नेपाल र सहयोग ग्क्ब्क्ष्म् ले गरेको थियोे । तालिमको सहजिकरण चक्रप्रसाद गौतमले गर्नुभएको थियो ।