☰ open Loading... 23 December 2024|  

स्याउ ढुवानी नहुँदा कृषक मर्कामा
  | २८ भाद्र २०७३, मंगलवार १९:२८

स्याउ उत्पादनको हव मानिने मुगुको रुगाका कृषक बजार नपाउँदा समस्यामा परेका छन् । रुगाका वडा नम्बर ६ र ७ मा पर्ने बाम गाउँमा उत्पादन भएका स्याउले बजार नपाउदाँ कृषकहरु चिन्तित बनेका छन् ।

प्रत्येक घरमा क्विन्टल हिसावमा स्याउ उत्पादन हुने गरेको छ । तर स्याउ ढुवानी गर्ने सहज माध्यम नहुदाँ ढुवानीमा समस्या भएको कृषकहरुले बताएका छन् ।

फायल फोटो
फायल फोटो

स्याउको उत्पादन बढ्दै गएपनि उचित बजार व्यवस्थापन गरिदिन सरोकारवाला पक्षलाई आग्रह गर्दा समेत सुनुवाई नगरेको गुनासो कृषकहरुको छ । समयमै स्याउ ढुवानी नहुँदा कुहिएर खेर गईरहेको कृषक ईश्वरमति बुढाले जानकारी दिईन् ।

गाउँबाट मुगु सदरमुकाम गमगढीसम्म डोकोमा स्याउ ल्याउन ४÷५ घण्टाको पैदल हिड्नु पर्ने बाध्यता रहेको बुढाले जानकारी दिईन् । ‘डोकोमा राखेर स्याउ सदरमुकाम पु¥याउँदा खर्च बढी लाग्ने भएपछि स्याउ ढुवानीमा समस्या भएको छ ।’ उनले भनिन,–‘स्याउलाई कार्टुनमा राखेर खच्चडमार्फत ढुवानी गर्दा गुणस्तर खस्केपछि थप समस्यामा परेका छौं ।’

स्याउ खच्चडमार्फत नै ढुवानी गर्न काठको कार्टुन बनाउन सम्भवन नभएकाले यसको व्यवस्थान गरिदिन बामेका कृषहरुको माग छ ।

बामे गाउँमा स्याउ, सिमी, आलु लगायतका अन्य फलफुल र तरकारी उत्पादन हुने गरेको छ । तर यसको उचित खपत नभएपछि आफुहरुको आम्दानी घाटा हुने गरेको कृषक भक्क्त बहादुर बुढाले बताए ।

जिल्लाका ताल्चा, रोवा, सोबा, कालापाल्त लगायतका क्षेत्रमा स्याउ उत्पादन बढी हुने गरेको छ । यी क्षेत्रबाट समयमै स्याउ ढुवानीको व्यवस्था नहुँदा कषकहरुको लगानी वालुमा पानी सरह उनीहरु बताउँछन् ।