☰ open Loading... 7 September 2024|  

दाइजो प्रथा अन्त्यको कामना गर्दै मनाइयो बकर इद
  | २९ भाद्र २०७३, बुधबार ०७:०७

बाँकेका इस्लाम धर्मावलम्बीहरुले दाईजो प्रथा अन्त्य र देशमा शान्तिको कामना गर्दै बकर इद मनाएका छन् । नेपालगञ्जको वीपीचोकमा रहेको मस्जिदमा सामुहिक नमज पढ्ने क्रममा दाईजो प्रथा अन्त्य र अमनचयनको कामनासहित विशेष प्रवधन ‘तरकारी’ गरिएको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।

‘यो पर्वको अवसरमा छोरीहरुलाई अनिवार्य पढाउने व्यवस्था होस् र छोराछोरीको बिहेमा दाइजो प्रथा अन्त्य होस् भनेर कामना गर्र्यौ ।’ उनले भने,–‘देशमा अमन चयन र दिगो शान्तिको स्थापना होस् भनेर प्रार्थना पनि ग¥यौं ।’

बकर ईद मनाउनेहरुको विहानैदेखि नेपालगञ्जको वीपी चोकमा रहेको इदगाह मस्जीदमा इस्लाम धर्मालम्बीहरुको घुईचो दखिएको खवर काँक्रेविहार दैनिकमा छ ।