☰ open Loading... 2 May 2024|  

निर्माण ढिलाईले विश्वविद्यालय भवनको लागत बढ्यो
  | २९ भाद्र २०७३, बुधबार ०७:३४

निर्माण ढिलाईले मध्यपश्चिम विश्वद्यिालयको केन्द्रीय प्रशासनिक भवनको निर्माण लागत बढेको छ । २३ करोड लागतमा निर्माण गर्ने हुने भनिएको लागत एक करोड थप बढेको विश्वविद्यालयले जनाएको छ ।

यही भदौ महिनाबाट नै निर्माण सुरु हुनुपर्ने भवन अव आगामी मंसीर महिनाबाट सुरु हुने भएको विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लले जानकारी दिएको खवर सुर्खेत पहिचान दैनिकमा छ ।

उनले भवनको डिजाईन मोडिफाई गर्नुपर्ने भएकाले निर्माणमा ढिलाइ भएको बताए । अवको एक हप्ता भित्रै टेण्डर खोलेर आगामी मंसिर महिनाबाट निर्माण सुरु गर्ने रजिष्ट्रार मल्लको भनाई छ ।