☰ open Loading... 26 April 2024|  

सडक खुले पनि कर्णालीबासीका दुःख उस्तै
  | २९ भाद्र २०७३, बुधबार १६:०६

सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुग्न दर्जनौ खहरे खोलाहरु पर्छन् । ती खहरे खोला नै कर्णाली राजमार्ग मुख्य बाधक भएका छन् । दर्जनौ खहरे खोला राजमार्ग्तिर फर्किएरपछि पिच नै तहस नहस पारेको छ । ती खहरेहरुमा पिसीसी बाहेक पुल निर्माण गरिएको छैन् ।

त्यसमा पनि अँझ पहिरो खस्ने उस्तै समस्या । कर्णाली राजमार्ग यात्रा गर्नेहरु कहिले पहिरो, कहिले हिलो त कहिले खोलानालाहरुमै रोकिदा दिक्क छन् ।

पुल निमार्णका लागि ठेक्का दिईएको पुलहरु पनि वर्षौदेखी नबन्दा राजमार्ग हिड्नै दिक्क लाग्दो छ । ठेकेदारको चरम लापरवाहीले पुलको प्रगती शुल्य हुँदा सडक डिभिजन कार्यालयलाई टाउको दुखाई भएको छ ।

p1

वर्षातसंगै उर्लेर आएको खहरेले  ल्याएका ढुंगा माटोले धेरै स्थानमा राजमार्ग बगरमा परिणत भएको देखीन्छ । वर्षात लागेसंगै कर्णाली राजमार्गमा यात्रा गर्नेहरुको विजोग कम्ति छैन्  ।

सुर्खेतदेखी जुम्लासम्म पुग्दा १२ वटा पुलहरु निर्माणाधिन छन् । जसमा १ पुल निर्माण सम्पन्न भएको छ भने अर्को सम्पन्नको तयारीमा छन् । तर, १० वटा कहिले बन्ने ठेगानै छैन् । दर्जनौ पटक ठेकेदारलाई पत्र काट्दा समेत पुलहरु सुनुवाई नगरी अटेर गरेको सडक डिभिजन कार्यालय सुर्खेत र जुल्लाले जनाएको छ ।

p2

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार यो वर्ष नयाँ ३ वटा पुलहरु फागुनमा सम्झौता भएको छ भने पुरा ६ वटा पुलहरुको काम असन्तोषजनक देखीएको छैन । ६ मध्ये ४ वटा पुलहरुमा ३ पटकसम्म म्याद थप्दासमेत  काम गति बढ्न नसकेको ईन्जिनियरहरु बताउँछन् ।

डिभिजन प्रमुख नारायण दत्त भण्डारीका अनुसार ३ वटा पुलहरु सचेत गएर १ वर्ष्भित्र निमार्ण गर्ने गरी प्रतिवद्धता ठेकेदारले गरेको छन् । एउटा पुललाई ब्ल्याक लिष्टमा हाल्ने तयारी भैरहेको छ । १५ महिनादेखी साडे ३ वर्षसम्म म्याद गुज्रेका पुलहरु रहेको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले दैलेख खण्डमा निर्माणधिक अवस्थामा रहेको ३ वटा पुलहरुमध्ये २ वटा पुललाई ब्ल्याक लिष्टमा हाल्ने अन्तिम तयारी गरेको जनाईएको छ । डिभिजन प्रमुख बेलबहादुर भुजेलका अनुसार निर्माणका लागि ठेकेदारलाई बारम्वार सचेत गराएपनि कामको प्रगती नदेखीएपछि कार्वाहीको अन्तिम तयारी गरिरहेको बताए ।

दैलेख खण्डमा निर्मा्धिक पुलहरुमा गोठखोला पुल, कुमाले खोला पुल र ज्याक्सी खोला पुल रहेका छन् । गोठखोला र कुमाले खोला पुलमा विटी धर्मेद टौदह जेभीले क्रमश २ करोड ५ लाख र १ करोड ९७ लाखमा ठेक्का कंवोल गरेको थियो । सडक डिभिजनले यी दुवै  पुलको ठेक्का तोड्ने अन्तिम तयारी गरेको जनाईएको छ ।

p3

सिहं कविर सुनकोशी जेभीले ज्याक्सी खोलामा २ करोड ४ लाखले ठेक्का लिएको हो । तत्काललै पुल निर्माण गर्ने ठेकेदारले प्रतिक्रिया जनाएका छन् । ठेक्का अर्को पाटीलाई दिनु, बैक ग्यारेटी फर्जी हुनु लगायतका कारण पुल निर्माण हुन नसकेको डिभिजन प्रमुख बेलबहादुर भुर्जेलले बताए ।

सडक भिडिजन कार्यालय जुम्लाका अनुसार सेरीघाटमा ट्रस्ट सहितको बेलीव्रिज निर्माण सम्पन्न भईसकेको छ । ६ करोड लागतमा उक्त पुल जगत निर्माण सेवाले सम्पन्न गरेको हो । जागृती तुलसी दुर्गा जेभीले १ करोड ३३ लाखमा कालेखोलामा पुल निर्माणको अन्तिम चरणमा पुराएको छ । निर्माण कम्पन्नीले छिटै पुल सञ्चालनमा आउने जनाएको छ ।

जुम्ला डिभिजनले सम्झौता गरेको ९ वटा पुलहरुमध्ये ४ पुल निर्मा्धिक अवस्थामा रहेको छ । निर्मा्धिक अवस्थामा रहेको पुलहरुमा खल्लाघाट, चाकुल्ला, घटटेखोला र खुलालु खोलामा  रहेका छ । खल्लाघाट र चाकुल्ला खोला पुलमा राजेन्द्र निर्माण सेवाले ४ करोडमा सम्झौता गरेपनि निर्माणकार्य निकै ढिला भयो ।

त्यस्तै घटेखोला पुलमा जगृत तुलसी दुर्गा  जेभी १ करोड २० लाख, र कर्णाली नदि हुँदै सिमिकोट जाने खुलालु पुलमा १४ करोडमा ट्रस्ट बेलीव्रिजको बन्न लागेको हो । बेलीव्रिजको कन्काई नेपाल प्रगती जेभीले कवोल गरेको हो । यी पुलहरुमा ठेकेदारले सुस्त गतिमा काम गरिरहेको छ ।

ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलासुस्ती भएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख नारायण दत्त भण्डारीले बताए । ४ वटा निर्मा्धिक कम्पनीहरुलाई दिईएको पेश्की रकम पनि जफत गरिएको जनाईएको छ ।

डिभिजन कार्यालय जुम्लाका अनुसार चाकुल्ला खोला पुललाई ब्ल्याक लिष्टमा राखीन लागिएको जनाईएको छ । łएक वर्ष्भित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता आएपछि ३ वटा पुललाई म्याद थप गरेका छौ ।

डिभिजन प्रमुखले भण्डारीले भने, ‘एक वर्ष समय दिएका छौ ।’ काम गर्नका लागि पत्रपत्रिकामा ३ पटक भन्दा बढी सुचना प्रकाशित भएका निर्माण कम्पनीलाई कार्वाही गरिने उनले बताए । ’काम गर्नका लागि चिठी धेरै नै बुझायौ ।’ भण्डारी भने, तर, काम गर्नै मान्दैनन् । ब्ल्याक लिष्टमा हाल्नु बाहेक अरु उपायौ भएन् ।’

फागुन ३ वटा नयाँ पुलको सम्झौता भएका पुलहरुमा सिम्लेगार्ड, बालीगार्ड, छिवेना खोला पुलहरु रहेका छन । ती पुलहरुमा सुर्य कन्ट्रसन, जगत निर्माण सेवा, वर्माणी निर्माण सेवाले ४ करोडमा छुट्टाछुटटै निर्माण सम्झौता गरेका छन् । निर्माण कम्पनीका ठेकेदारहरुले नाकाबन्दी, प्रकृतिक प्रकोप लगाएतका कारणले पुल निर्माण हुन नसकेको प्रतिक्रिया जनाएका छन् ।