☰ open Loading... 22 January 2025|  

बिशुन्केलाई राष्ट्रिय पुरस्कार
  | ३० भाद्र २०७३, बिहीबार ०७:३९

20160914_120411दलित महिला संघ दैलेखका अध्यक्ष अधिकारकर्मी पार्वती बिशुन्केलाई बालबालिकाको हक, हित र अधिकार सम्वद्र्धनमा देशभरकै जिल्ला बाल कल्याण समितिका सदस्य मध्ये उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कार दिइएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा काठमाण्डौंमा आयोजित एक औपचारिक समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट २० हजार १ सय १ रुपैंयाँको पुस्कार र सम्मानपत्र दिइएको केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताए ।

बिशुन्केलाई २०६८ सालमा मानव अधिकार रक्षकहरु मध्ये उल्लेख्य भूमिका खेलेको भन्दै २४ हजार रुपैंयाँको राष्ट्रिय स्तरको शान्ति अभियानकर्ताको सम्मान प्राप्त भएको थियो । उनले समाज सेवामा गरेको उल्लेख्य योगदानकै कारण अमेरिका, भारत लगायतका मुलुकको भ्रमण गरेकी छन् ।

परियोजना नहुँदा पनि सामाजिक अभियानमा निरन्तरत लागेकी उनले स्वयम्सेवी भाव प्रष्ट हुन्छ । बिशुन्केलाई सकारात्मक अभिव्यक्ति भएको दिअधिकारकर्मीको रुपमा लिइन्छ तर सामाजिक उत्पीडनका बिरुद्ध चाहिं खरो टिप्पणी गर्ने व्यक्तिको रुपमा पनि चिनिन्छिन् ।