☰ open Loading... 26 July 2024|  

भव्य रुपमा संविधान दिवस मनाउने तयारी गर्दै जिविस सुर्खेत
  | ३० भाद्र २०७३, बिहीबार १९:३१

आगामी असोज २, ३ र ४ गर्ने भव्य रुपमा संविधान दिवस मनाउने निर्णय जिल्ला विकास समिति सुर्खेतले गरेको छ । समितिको बिहिबार बसेको बैठकले आगामी १ गते भित्र सरकारी कार्यालय, संघ संस्था, नागरिक समाज लगायतलाई के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने जानकारी दिन परिपत्र समेत गरेको छ ।

यस्तै, जिल्ला विकास समितिले नगरपालिका र गाविसलाई समेत स्थानीय स्तरमा कार्यक्रम गरेर संविधान दिवस मनाउन अनुरोध गरेको स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

sambidhan

अधिकारी रेग्मीका अनुसार स्थान्ीय राजनीतिक दल र विद्यालयहरुमा पनि कार्यक्रम गर्न सम्वन्धित राजनीतिक दलहरु तथा जिल्ला शिक्षा कार्यालयलाई आग्रह गरिएको छ ।

जिल्ला विकास समितिले २,३ र ४ गते साँझ दिपावली मनाउन भनेको छ । तर यसको संयोजन सम्वन्धीत कार्यालयलाई गर्न जिविसले आग्रह गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको संयोजनमा तीन दिन विहान साढे ७ बजे नगर सरसफाई गर्ने, जिल्ला विकास समिति र पर्यटन विकास मञ्चको आयोजनामा असोज १ गते विहान पर्यटन विषय सम्वन्धि अन्तरक्रिया गर्ने, सोही दिन विहान जिल्ला व्याटमिन्टन संघको आयोजनामा ब्याटमिन्टन प्रतियोगिता, २ गते विहान ८ बजे राजनीतिक दल–११ र सरकारी कार्यालयका कर्मचारी–११ विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने भएको छ ।

यस्तै, ३ गते विहान स्थानीय मंगलगढी चौकबाट प्रभातफेरी र सोही दिन दिउसो ३ बजे नेपाल बार एशोशियसनको आयोजनामा संविधान कार्यान्वयन सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।