☰ open Loading... 26 April 2024|  

विवाह गर्न नदिएपछि जसले ४ हजार फिटबाट हाम फाले
  | ३१ भाद्र २०७३, शुक्रबार १३:४६

घरपरिवारले विवाह गर्न नदिएपछि भारतमा एक जोडिले आत्महत्याको प्रयास गरेको छ । भारतको गुजरात प्रदेशको पंचमहल जिल्लाका एक जोडीले आत्महत्याको प्रयास गरेका हुन् ।

समाचार एजेन्सी दैनिक भास्करका अनुसार पावागंढमा रहेको महाकाली मन्दीरको ३ स्थित पावागंढमा ती हजार फिट अग्लो पहाडबाट उनीहरुले हाम फालेका थिए ।

india

अग्लो स्थानबाट हामफाले पनि युवक सकुशल छन् । तर युवती भने गम्भीर घाइते छन् । स्थान्ीयले दुवैको उद्धार गरेर बरौडा अस्पताल पठाएको समाचारमा जनाइएको छ ।

हाम फाल्नु अघि युवकले मंगलसुत्र र सिन्दुर हालेका थिए । प्रहरीको प्रारम्भीक अनुसन्धानले आफन्तले उनीहरुको विवाह स्वीकार नगरेपछि आत्महत्याको प्रयास गरेको खुलेको छ ।

प्रहरीले दुवैलाई आत्महत्याको प्रयास गरेको कसुरमा मुद्दा दर्ता गरेको छ ।
स्रोत दैनिक भास्कर