☰ open Loading... 6 May 2024|  

दाहाल मोदी भेटवार्ता सकियो र संयुक्त पत्रकार सम्मेलन जारी
  | ३१ भाद्र २०७३, शुक्रबार १३:५९

दिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको वान टु वान वार्ता सकिएको छ । दुवै प्रधानमन्त्रीको वार्तापछि केहीबेर दुवै देशका पदाधिकारीहरु सहितको संयुक्त वार्ता पनि सकिएको छ ।

indya-pm-tur

भेट पूर्व प्रधानमन्त्री दाहाललाई शुक्रबार बिहान गार्ड अफ अनर प्रदान गरिएको थियो । प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, समकक्षी नरेन्द्र मोदी तथा बरिष्ठ मन्त्रीहरुसँग आज भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो वार्तामा दुई नेताबीच एक्लाएक्लै हुनेछ। कुनै सहयोगी समेत वार्तामा रहने छैनन् । दाहालको मोदीसँग यो तेस्रो औपचारिक भेटघाट हो ।