☰ open Loading... 23 January 2025|  

पश्चिम नेपालका कुन कुन जिल्लाका कर्मचारी सरुवा भए (विवरणसहित)
  | ३१ भाद्र २०७३, शुक्रबार २०:०४

उपसचिव ८४, अधिकृत ४१ र २८० जना सुब्बा

जिल्ला विकास समिति सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीको सरुवा भएको छ । उनको शुक्रबार समान्य प्रशासन मन्त्रालयले भूमि सुधार मन्त्रालयमा सरुवा गरेको हो ।

यस्तै, बाजुरा र दाङ जिविसका स्थानीय विकास अधिकारीद्वय अर्जुनप्रसाद सुवेदी र रमेश गौतमलाई पनि भूमिसुधार मन्त्रालयमा सरुवा गरेको छ । प्युठानका स्थानीय विकास अधिकारी शीव प्रसाद रेग्मी पनि भूमि सुधार मन्त्रालयमा सरुवा भएका छन् ।

डोल्पाका स्थानीय विकास अधिकारी सन्तोष कुमार दाहाललाई भने उद्योग मन्त्रालयमा सरुवा गरेको छ । तर मुगुका स्थानीय विकास अधिकारी प्रल्हादप्रसाद पुडासैनीलाई मन्त्रालयले राष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ ।

कञ्चनपुर मालपोत कार्यालयका मालपोत अधिकृत केशबबहादुर थापाक्षेत्री गृहमन्त्रालयमा सरुवा भएका छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण घिमिरे र बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीलाई क्रममा सहकारी तथा गरिवी निवारण र उद्योग मन्त्रालयमा सरुवा भएका छन् ।

सरुवाको माग गर्ने करिब ३ हजार २ सय कर्मचारीहरुमध्ये शुक्रबार विभिन्न तहका ७९२ जनाको मात्रै सामान्य प्रशासनले सरुवा गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका उनीहरुको लामो समयदेखि बसेका कर्मचारीहरुलाई प्राथमिकतामा राखेर सरुवा गरेको मन्त्रालयले जनाएको छ

यसरी सरुवा हुने कर्मचारीहरुमा उपसचिवको संख्या ८४ जना छन् । सरुवा हुने अधिकृतहरुको संख्या ४१ छ । यसअघि बुधबार २५ अधिकृतहरुको सरुवा भएको थियो । नायव सुब्बा तहका २ सय ८० र २ सय ४० जना खरदारको पनि सरुवा गरिएको छ ।

सरुवा हुने कर्मचारीहरुको विवरण पढ्न निलो ठाउँमा क्लिक गर्नुहोस् ।