☰ open Loading... 26 July 2024|  

उद्योग व्यापार संगठनको अध्यक्षमा खड्का
  | ५ आश्विन २०७३, बुधबार १८:४३

नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन ६ न. प्रदेश को अध्यक्षमा मदनबहादुर खड्का निर्वाचित भएका छन् । संगठनको वीरेन्द्रनगरमा बुधबार सम्पन्न भएको प्रादेशिक भेलाले अध्यक्षमा खड्कालाई निर्वाचित गरेको हो ।

khadka_p
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन ६ न. प्रदेश को अध्यक्षमा निर्वाचित मदनबहादुर खड्का । तस्वीर महेश जिसीको फेसबुकबाट

भेलाले वरिष्ठ उपाध्यक्षमा पुष्कर बस्नेत, बाणिज्य उपाध्यक्षमा ईन्द्र प्रसाद शर्मा, उद्योग उपाध्यक्षमा तारा केशर शर्मा, महासचिवमा भानुभक्त बराल, सचिवमा राजेन्द्र कुमार थापा र कोषाध्यक्षमा उषा पाण्डे चयन भएका छन् । पदाधिकारी सहित कार्यसमिति २५ सदस्यीय रहेको छ ।