☰ open Loading... 5 May 2024|  

‘पेट्रोल अभाव छैन, बढी मुल्यमा तेल नकिन्नुस्’
  | ७ आश्विन २०७३, शुक्रबार १६:५७

पछिल्लो समय वीरेन्द्रनगरमा देखिएको पेट्रोल अभावको मुख्य कारण भारतमा रहेको गोण्डा डिपो सफाई गर्दा अभाव देखिएको नेपाल आयल निगमको डिपो कार्यालय सुर्खेतको भनाई छ । बाहिर आएको हल्ला जस्तो नाकाबन्दी हुन लागेको भन्ने हल्ला गलत भएको भन्दै आयल निगमले शुक्रबारदेखि पेट्रोल सहज रुपमा भित्रिएको जानकारी दिएको छ ।

patrol-depo
नेपाल आयल निगमको डिपो कार्यालय वीरेन्द्रनगरमा तेल जाँच गर्दै ट्याकंर । तस्वीर : सुशील

शुक्रबार मात्रै ४० हजार लिटर पेट्रोल वीरेन्द्रनगर भित्रएको नेपाल आयल निगम डिपो कार्यालय सुर्खेतका प्रमुख टिकाजंग थापाले जानकारी दिए । उनले वीरेन्द्रनगरमा रहेका ६ वटा पम्पमा समान रुपमा तेल दिएकाले अभाव हट्ने बताए ।

‘पेट्रोल अभाव छैन्, सहज रुपमा तेल भित्रने क्रम बढेको छ ।’ प्रमुख थापाले भने,–‘पम्प बाहेक बाहिरको तेल बढी मुल्य हालेर नकिन्न ग्राहकलाई आग्रह गर्दछु ।’

वीरेन्द्रनगरमा सरदर दैनिक ४ हजारदेखि ५ हजारसम्म पेट्रोल विक्री हुने गरेको छ । नेपालगञ्जनाका हुँदै यस सुर्खेत भित्रने भारतको गोण्डामा रहेको मुख्य भारतीय आयल निगमको डिपो कार्यालय तीन दिन सफा गर्दा अभाव देखिएको पनि थापाले बताए ।

शनिबार विहानैदेखि वीरेन्द्रनगरका सवै पम्पहरुलाई पेट्रोल वितरण गर्न निर्देशन दिएको पनि डिपो कार्यालय सुर्खेतले जानकारी दिएको छ ।