☰ open Loading... 24 November 2024|  

३६५ दिनमा के गरे मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति कोइरालाले ?
  | ७ आश्विन २०७३, शुक्रबार १८:१२

– नेपालमा पहिलो पटक मिश्रित निर्वाचन प्रणालीबाट लामो समय सम्म कुनै पनि विश्वविद्यालयमा हुन नसकेको स्ववियू निर्वाचन सफलता पुर्वक सम्पन्न गर्न सफल।
– न्याय नपाए गोरखा जानु शिक्षा नपाए सुर्खेत जानु भन्ने मान्यतालाई स्थापित गराउन सफल।जसको उदाहरण नेपालका ६२ भन्दा बढी जिल्लाका विद्यार्थी अध्ययनका लागि सुर्खेत स्थित केन्द्रीय क्याम्पसमा भर्ना भएका छन् ।

-नेपालका विश्वविद्यालयहरु मध्य Web Ranking मा चौथो स्थानमा ल्याउन सफल।
– अस्थिर विश्वविद्यालयलाई स्थिरता तर्फ उन्मुख गराऊदै सेवा आयोग मार्फत
प्राध्यापक’,कर्मचारीलाई स्थायी प्रक्रियामा लैजान २०७३ बैसाख २४ र २५ गते विज्ञापन गराउन सफल।


– विश्वविद्यालयको २० बर्षे रणनीतिक योजना सफलता पुर्वक बनाउन सफल ।
– विश्वविद्यालयका कुलपति तथा सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओली स्वयमबाट सुर्खेत स्थित केन्द्रीय कार्यालयको भवन सिलान्यास तथा विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माण गर्न सरकारबाट रु. २३ करोड विनियोजन गराउन सफल।
– प्रधानमन्त्री एवं कुलपति, सहकुलपति सबैको उपस्थितिमा विश्वविद्यालयको सभा सुर्खेतमा सम्पन्न गराउन सफल ।

vc
– विभिन्न मुलुकका विश्वविद्यालय, देशका राजदूतावास, सहयोगी निकाय, Asian Institute of Diplomacy and International Affairs, Institute of Tibetan Plateau Research, Chinese Academy of Sciences संग सहयोग सम्बन्ध स्थापित गर्न सफल ।


– मेडिकल कलेज स्थापना गर्ने प्रारम्भिक कामका लागि सरकारसंग पहल गरी मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडी बढाउन सफल ।


– सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्य तथा सम्माननीय प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूको अध्यक्षतामा नेपाली साहित्यकी प्रेरणादायी व्यक्तित्व झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गर्न विशेष दीक्षान्त समारोह सम्पन्न गरी विश्वविद्यालयको उचाई बढाउन सफल ।


– विश्वविद्यालयमा हाईड्रोपावर इन्जिनियरिंग,Hospitality and Tourism Management , BSc CSIT लगायतका विषयहरु संचालन गर्न सफल।
– मोफसलमा Premium Business School को अवधारणा सहित मध्यपश्चिमान्चल विश्वविद्यालय अन्तर्गत मुसुमको सफलता पुर्वक संचालन गर्न सफल ।


– विश्वविद्यालयको कुल बार्षिक बजेट १५ करोड बाट बढाएर १७ करोड बनाउन सफल।
– विश्वविद्यालयको अन्तराष्ट्रियकरण गर्न विभिन्न प्रविधि उपकरणहरुको प्रयोगलाई जोड दिइएको, पाठ्यक्रमलाई समयसामयिक एवं अन्तराष्ट्रिय गुणस्तरयुक्त बनाउन विभिन्न प्रयासहरु थालनी गर्न सफल ।


-विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीहरुका लागि कुलपति पदक, उपकुलपति पदक तथा SCCI स्वर्ण पदकको स्थापना गर्न सफल ।


– विश्वविद्यालयका हरेक गतिविधि विदधुतिय माध्यमबाट सार्वजनिकीकरण गर्ने पद्दतिको स्थापना गर्न सफल ।


– विश्वविद्यालय भाडाका घरमा बसिरहेको अवस्थामा कुइनेपानीमा प्रि-फ्याव प्रविधिबाट कार्यालय भवन निर्माण प्रक्रिया सुरु गर्न सफल

मध्यपश्चिमान्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाज्यूको चार बर्षे कार्यकाल अन्तर्गतको एक बर्ष सफलता पुर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई तथा आगामी कार्यकालको शुभकामना व्यक्त गर्दछु।साथै योअवधिमा साथ् सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, राजनैतिक दल, सर्वसाधारण, नेपाल सरकार लगायत सबैमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गर्दछौं।

दिलिप कुमार भट्टराई
उपकुलपतिज्यूको स्वकीय सचिव
तथा निजि सचिवालय