☰ open Loading... 18 January 2025|  

पदपुर्ती नहुँदा नगरपालिकाको कामकाज प्रभावित
  | ८ आश्विन २०७३, शनिबार १५:१५

पदपुर्ति नहुदा जिल्लाको एक मात्र नगरपालीकाको काम प्रभावित भएको छ । भेरीमालिका नगरपालिकामा रिक्त दरवन्दीमा पदपुर्ती नहुँदा नगरपालीकावाट प्रवाह गरिने सेवा प्रभावित भएको हो ।

np-jkt
जिल्ला सदरमुकाममा स्थापना भएको समय एक वर्ष वितिसक्दा पनि नगरपालिकामा सिर्जना गरिएका दरवन्दीमा पदपुर्ती नहुँदा नगरपालीकाले निर्धारण गरेका विभिन्न करहरु असुली गर्न , नक्सा पास गर्न लगायतका काममा समस्या परेको हो ।

त्यसैगरी प्रशासनिक कर्मचारी दरवन्दी अभावका कारण वडा कार्यालयवाट प्रवाह गरिने सेवाहरु नगरपालीका कार्यालयवाटै प्रवाह गरिरहनु परेको कार्यकारी अधिकृत राम प्रशाद शर्माको भनाई रहेको छ ।

४ वटा वडाको संयुक्त वडा कार्यालय सञ्चालन गर्नु पर्ने प्रावधान भएता पनि १३ वटा वडा रहेको नगरपालीकामा हाल सम्म एक जना मात्र स्थायी वडा सचिव रहेको अधिकृत शर्माले जानकारी दिए । कार्यालयका अनुसार निजामति तर्फ एक कार्यकारी अधिकृत, एक नायव सुव्वा, एक लेखापालको दरवन्दी रहेको नगरपालीकामा हाल सम्म नायवसुव्वाको दरवन्दी खाली रहेको छ ।

त्यसैगरी प्राविधिक दरवन्दी तर्फ एक ईन्जिनियर, २ ओभरसियर, २ सव ओभरसियर र एक सर्वेक्षक दरवन्दी रहेको नगरपालीकामा १ ईन्जिनियर र ३ जना सव ओभरसेर वाहेकका अरु दरवन्दी रिक्त रहेका छन् । प्रशासन तर्फ प्रशासन पाँचौं नासु २ दरवन्दी खाली रहेका छन् भने, प्रशासन चौथो ९ दरवन्दीमा १ स्थायी र ३ अस्थायी वाहेक ५ दरवन्दी खाली रहेका छन् ।

त्यसैगरी ५ जना कार्यालय सहयोगी र १ जना भान्से गरि ६ दरवन्दीमा ५ कार्यालय सहयोगीको पदपुर्ति भएको छ । नगरपालीकाको श्रोत अभावका कारण अन्य पद पुर्ति गर्न नसकिएको नगरपालीका कार्यालयले जनाएको छ । नगरपालीका अझै पनि वाल्यकालिन अवस्थामै रहेको कार्यकारी अधिकृत राम प्रशाद शर्माको भनाई रहेको छ ।

नगरपालीकामा रिक्त दरवन्दीको पदपुर्तिका लागि नगरपालीका वोर्डले पदपुर्ती समितिको अध्यक्षमा पुर्व शिक्षक केशव जंग शाहलाई हालै मनोनयन गरेपछि कर्मचारी नियुक्तीको बाटो खुलेपनि नगरपालिकाको अन्तरिक आम्दानी न्युन हुँदा कर्मचारी नियुक्तीमा समस्या देखिएको छ ।