☰ open Loading... 23 October 2024|  

जीपको ठक्करबाट बालकको मृत्यु
  | १० आश्विन २०७३, सोमबार १७:३७

जीपको ठक्करबाट दाङमा सोमबार एक बालकको मृत्यु भएको छ । पश्चिम दाङवाट तुलसीपुरका लागि छुटेको रा १ ज ३८६ नम्वरको यात्रुवाहक जीपको ठक्करवाट पवननगर ५ कुमलगडी निवासी ७ वर्षिय दिपक चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

धनौरीवाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक जीपले सोमवार बिहान ठक्कर दिएर गम्भीर घाईते वालकको उपचारको क्रममा राप्तीअञ्चल अस्पतालमा तुल्सीपुरमा मृत्यु भएको छ । ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरीकार्यालय तुलसीपुरले जनाएको छ ।