☰ open Loading... 23 October 2024|  

कांग्रेस क्षेत्रीय सभापति देवकोटाको निधन
  | १० आश्विन २०७३, सोमबार १७:४६

नेपाली काँग्रेस दाङ क्षेत्र नं ५ का सभापति वसन्त देवकोटाको निधन भएको छ । जण्डिसले ग्रसित भएका देवकोटाको उपचारको क्रममा काठमाडौँको नर्भिक अस्पतालमा सोमवार निधन भएको हो ।

श्वास प्रश्वासमा समस्या उत्पन्न भएपछि भदौ अन्तिम साता उनलाई उपचारका लागि काठमाण्डौ लगिएको थियो । देवकोटाको शब अन्त्यष्टिका लागि गृह जिल्ला दाङ ल्याइदै छ । मंगलवार विहान सात बजे श्रद्धाञ्जलीका लागि घोराही स्थित कांग्रेस दाङको पार्टी कार्यालयमा राखिने भएको छ ।

देवकोटाको निधन भएपछि शोक मनाउन कांग्रेस दाङको पार्टी कार्यालय तीन दिनसम्म बन्द रहने सचिव शंकर प्रसाद डाँगीले जानकारी दिए । साथै तीन दिनसम्म पार्टी झण्डा आधा झुकाईने उनले बताए ।

देवकोटा २०५८ साल देखि २०७३ सम्म निरन्तर ३ कार्यकाल नेपाली काँग्रेस क्षेत्रनं ५ को सभापति बनेका थिए । पञ्चायत कालमै विद्यार्थी राजनितिवाट पाटीमा प्रवेश गरेका ४८ वर्षिय देवकोटा २०४९ सालमा दाङ स्थित महेन्द्र वहुमुखि क्याम्पस स्ववियू सभापति बनेका थिए । त्यसपछि उनी पार्टी राजनीतिमा प्रवेश गरेका थिए ।