☰ open Loading... 19 April 2024|  

भुरीगाउँ–तेलपानी सडकलाई बेवस्ता
  | ११ आश्विन २०७३, मंगलवार ०७:४७

सुर्खेतदेखि बर्दियाको भुरीगाउँ जोड्ने सुर्खेत–भुरीगाउँ तेपालनी सडक निर्माणको योजना अलपत्र परेको छ । सरकारी बेवस्थाका कारण उक्त सडक निर्माण योजना तीन वर्षदेखि अलपत्र परेको हो ।

सुर्खेत–भुरीगाउँ सडक खण्ड अन्तरगतको हरिहरपुर गाविसमा खोलिएको ट्रयाक । तस्वीर सौजन्य विनोद शाही ।
सुर्खेत–भुरीगाउँ सडक खण्ड अन्तरगतको हरिहरपुर गाविसमा खोलिएको ट्रयाक । तस्वीर सौजन्य विनोद शाही ।

आर्थिक वर्ष २०७१÷०७२ यता उक्त सडक योजनाको काम पूर्णरुपमा ठप्प भएको छ । पछिल्लो तीन वर्षदेखि यो सडकका लागि सरकारले बजेट समेत बिनियोजन गर्न छोडेको खवर साझा विसौनी दैनिकमा छ ।

आधा काम भइसकेको आयोजनामा बजेट विनियोजन नहुँदा थप काम अघि बढ्न सकेको छैन् । सडकको ट्रयाक खोल्ने काम आधा मात्रै भएको छ ।

सुर्खेत तेलपानीदेखि बर्दियाको भुरीगाउँसम्म जोड्ने ५२ किलोमिटर सडक निर्माणको योजना २०७० देखि अघि बढाएको थियो । सडक निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत भैसकेको छ ।

वातावरण मन्त्रालयले ईआइए स्वीकृत गरेपछि सरकारले सडक निर्माण अघि बढाएको थियो । उक्त सडकलाई तराई, पहाड र हिमाल जोड्ने सवैभन्दा छोटो सडक आयोजना भएको भन्दै २०६८ पुष ५ गते नेपाल सरकारले सचिवस्तरिय निर्यायअनुसार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतवेदन स्वीकृत भइसकेको छ ।

ट्रयाक खोल्ने काम शुरु भएपनि बीचमै काम रोकिएको छ । पछिल्ला वर्षहरुमा सरकाले उक्त सडकका लागि बजेट समेत छुट्याउन छोडेको छ । सुर्खेतको उत्तरगंगाबाट बर्दिया सीमाना जोड्नको लागि ६ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी छ भने बर्दियाबाट करिव ५ किलोमिटर मात्रै बाँकी छ ।

यो सडक निर्माण भए सुर्खेतको मात्र नभएर भेरी र कर्णालीका अन्य जिल्लाहरुमा औद्योगिक विकासमा महत्वपूर्ण अयोगदान पुग्ने यहाँका स्थानीयबासीहरु बताउँछन् ।