☰ open Loading... 16 April 2024|  

बेलासपुर मन्दीर निर्माणमा बजेट संकट
  | १४ आश्विन २०७३, शुक्रबार १६:२१

दैलेख जिल्लाको प्रशिद्ध धार्मिक, ऐतिहासिक, पूरातात्विक र सामरिक महत्व बोकेको वेलासपूर बटुकभैरवको मन्दिर पूर्ननिर्माणका लागि बजेट अभाव भएको छ । बजेट अभाव हुँदा मन्दिर पुनःनिर्माण हुन सकेको छैन ।

२०७३ जेठ २ गते पुन:निर्माण थालिएको मन्दिर हालसम्म एकतला मात्र निर्माण भएको छ । कलात्मक तीनतले मन्दिर निर्माण गरिने योजना छ ।

दभबिकउगचजिल्ला विकास समिति दैलेखले तयार पारेको डिजाईन स्टिमेटमा वेलासपूर मन्दिर क्षेत्र संरक्षण प्रर्वद्धन तथा ब्यबस्थापन समिति अन्तरगतको मन्दिर पुनर्निर्माण समिति गठन गरि निर्माण थालिएको हो ।

निर्माणाधिन बेलासपुर मन्दीर । फायल फोटो
निर्माणाधिन बेलासपुर मन्दीर । फायल फोटो

पर्यटन कार्यालय कोहोलपुर वाँकेको आठ लाख र जिल्ला विकास समिति दैलेखको आठलाख गरि १६ लाख रुपैयाँबाट मन्दिरको पहिलो तला निर्माण गरिएको हो । मन्दिरको कुललागत करिव ६० लाख अनुमान गरिएको छ ।

हाल पर्यटन र जिविसले विनियोजन गरेको १६ लाख रकममा जिविस दैलेखले २५ हजार र पर्यटन कार्यालय लेपालगञ्जले एकलाख कर कट्टा गरि १४ लाख ७५ हजार भुक्त्तानि दिएको छ ।

सो रकमा २ लाख ६९ हजार थप गरी एकतला निर्माण गरिएको मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष भूपेन्द्र शाहीले जानकारी दिएका छन् ।

पूरानो मन्दिर बिर्षजन् (भत्काउन) गर्न ४० हजार, मन्दिरको चौर फाउण्डेशन निर्माणमा ६५ हजार, ढुङगा १ लाख ४७ हजार, वालुवा १ लाख १२ हजार, गिट्टी १ लाख ३५ हजार, सेटिङगका सामान प्लाइउड, दार, बाँस र फट्टा गरि २ लाख ३० हजार लगायत गरी कुल  १७ लाख ४४ हजार ५ सय खर्च भएको निर्माण समितिले जनाएको छ ।

चालु आव ०७३-०७४ मा पर्यटन कार्यालयले वेलासपुर मन्दिर तथा पूर्व तर्फ सिडि निर्माण भनि वजेट विनियोजन गरिएको भएपनि मन्दिर आधा मात्रै निर्माण भएकोले मन्दिर निर्माण सम्पन्न गर्न सो रकम खर्च गर्नुपर्ने शाहीले बताए । जिविसले सम्बन्धित निकायलाई योजना संसोधन गर्न पत्राचार गर्ने भएको छ ।

मन्दिरको गजुर नारायण नगरपालिका ६ वासी तथा स्थानीय विकास अधिकारी हरी प्याकुरेलले दिने प्रतिवद्धता जनाएका छन् । वटुक भैरवको मूर्ति नारायण नगरपालिका १ दैलेखका व्यापारी माधवराज अधिकारीले निर्माण गर्न लगाएका छन् ।

नारायण नगरपालिका १ पूराँनो बजार स्थायि निवासी हाल नेपालगंज कारकाँदो निवासी श्यामसुन्दर मल्लले करीब २ लाख बराबरको मार्वल खरिद गरिदिने प्रतिवद्धता गरेका छन् । नारायण नगरपालिका २ कूसाँडा स्थायी निवासी हाल काठमाण्डौ वस्ने नरेन्द्र सिजापतीले करिव २ लाख बराबरको झ्याल र ढोका निर्माणका लागि अडर दिएका छन् ।

मन्दिर पूर्ननिर्माका लागि उल्लेख्य सहयोग गर्ने प्रर्ति बद्धता दैलेख विन्ध्यावासीनी स्थायि निवासि हाल सिंगापूर बस्ने दानबहादुर शाही, ना.न. पा १ दैलेख नयाँबजार स्थायि निवासि हाल काठमाण्डौ वस्ने अमृतबहादुर थापा र देश विदेशमा रहेका दैलेखका श्रदालु ब्याक्तिहरुले मन्दिर निर्माणमा सहयोग पूराउने प्रतिवद्धता जनाएको निर्माण समिति अध्यक्ष शाहीले बताए ।

शाही भन्छन् “मन्दिर सयौं वर्षको एक पटक हजारौं वर्ष सम्म रहनेगरि निर्माण गर्नुपर्ने हुन्छ । मान्छे एकदिन जन्मन्छ , एक दिन मर्छ ,बाँचेको समयमा मरेपछि पनि सम्झना रहने कृर्ति राखेर गयो भने मरेर पनि अमर रहन्छ” । मन्दिर पूर्ननिर्माण समितिले मन्दिरको मुलढोकाको दाहिने पट्टीको भित्तामा ताम्रपत्र राख्ने छ ।

सो ताम्रपत्रमा मन्दिर निर्माणमा १० हजार देखि २५ हजार सम्म चन्दा सहयोग गर्नेको एक पूस्ते नामावलि , २५ हजार देखि ५० हजार सम्म सहयोग गर्नेको दूई पूस्ते नामावलि र ५० हजार देखि माथि सहयोग गर्नेको तीन पूस्ते नामावलि लेखाइने छ । सहयोगि सबैलाई निर्माण समितिले चाँदीको फे्रममा कदरपत्र प्रदान गर्ने निर्णय गरेको अध्यक्ष शाहीले जानकारी दिएका छन् ।

शाहीका अनुशार मन्दिर निर्माणका लागि अव करिव ३० लाख रकमको आवश्यक्ता रहेको छ । पर्यटन कार्यालय र जिल्ला विकास समिति दैलेखले भुक्त्तानि गरेको , १४ लाख ७५ हजार खर्च भइसकेको छ भने सहयोगि श्रदालुब्याक्तिहरु बाट उचित सहयोग हुने आशा गरिएको छ ।

हरेक वर्ष वडा दशै।को नवरात्रिमा भब्य मेला लाग्दै पूजापाठ हुने यो वेलासपूर वटुकभैरबको मन्दिरमा हजारौं श्रदालु भक्तजनहरुको उपस्थिति रहने गर्दछ । वेलासपुर मन्दिर क्षेत्र दैलेखको प्रमुख धार्मिक , पुरातात्विक पर्यटकिय गन्तब्य हो ।
स्रोत : ज्वाला सन्देश