☰ open Loading... 26 July 2024|  

घटस्थापनामा ५२ हाते लिङ्गो ठड्याइयो
  | १५ आश्विन २०७३, शनिबार १४:२४

कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ निङ्गा ठड्याइएको छ । मन्दिरमा लिङ्गा ठड्याइसकेपछि जुम्लीहरुले आफ्नो-आफ्नो घरमा घटस्थापना गरेका छन् ।

linga-phardai-jumla

चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते कपडा (नेजा) राखिन्छ । परम्पुर्खा देखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भ सहित ५ पुराना लिङ्गाहरु झिकेर नयाँ लिङ्गा खडा गरेको चन्दननाथ भैरवनाथ गुठी संस्थानका अध्यक्ष गौरिनन्द आचार्यले वताए ।

उनले भने तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कंदा गजुर ल्याएर मन्दिरमा जढाएको र १४९८ सालबाट यो मन्दिरमा लिङ्गा गाड्ने परम्परा रही आएको छ ।

सरकारी कार्यालयका कर्मचारी सेना प्रहरीले ल्याउने पल्टन लिङ्गा, स्थानीय नौ गाउँका व्राहमणले ल्याउने थपाला लिङ्गा र स्थानीय दलित समुदायले ल्याउने कम्सल लिङ्गा, एउटा चन्दननाथको पुरानो लिङ्गा र विजयी स्तम्भ गरि ५ वटा लिङ्गा गाड्ने चलन छ । चन्दननाथ मन्दिरमा लिङ्गा खडा गरेपछि जुम्लीहरुले आ-आफ्नो घरमा घटस्थापना गर्ने चलन छ । ईकान्तिपुर