☰ open Loading... 23 October 2024|  

प्रहरीका समाचार बहिस्कार गर्दै पत्रकार आन्दोलनमा उत्रिए
  | १५ आश्विन २०७३, शनिबार १५:१४

यही असोज ९ गते भएको पत्रकार माथिको दुव्र्यवहारलाइ लिएर कालिकोट पत्रकार महासंघले छानविन समिति गठन गरेको छ । कालिकोटका पत्रकारहरु माथि दिनानु दिन भईरहेका श्रृखलाबद्ध आक्रमणका घटनाका बारमा साझा धारणा बनाउन महासंघको बैठक शनिबार बसेको थियो ।

प्रकाशीत समाचार सामाग्रीका बिषयमा पत्रकार पवित्रकुमार शाही र रमेश रावल माथि भएको प्रहरी दुब्र्यहार र यस अघि श्रृखंलाबद्ध एकपछि अर्को पत्रकार माथि भएका घटनाहरु लगायत बिषयमा छानविन गर्ने बैठकले निर्णय गरेको छ ।

महासंघ जिल्ला शाखा कालिकोटका अध्यक्ष कालीबहादुर मल्लको संयोजकत्वमा रत्न कार्की, प्रेमराज सिंम्खडा, पुष्पराज आचार्य र मनिराज पाण्डे सदस्य रहेको छानविन समिति गठन गरिएको महासंघ कालिकोटका सचिव रत्नबहादुर कार्कीले बताए ।

‘पत्रकारहरु असुरक्षित हुँदै गएका कारण छानविन समिति गठन गरेको शाखाले जनाएको छ । पत्रकारमाथि हुने दुब्र्यहारका बिषयमा छानविन गरेर निष्कर्षमा पुग्ने भन्दै शाखाले प्रतिबेदन तयार पारिनेछ ।

विभिन्न निकाय तथा प्रहरीबाटै समचारका कारण आक्रमण हुने र धम्की आइरहेका कारण पत्रकारको सुरक्षाको वातावरणको ग्योरेन्टी नहुन्जेलसम्म जिल्ला प्रहरी कार्यालयका समाचारहरु प्रसारण र प्रकाशन नगर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालीबहादुर मल्लले जानकारी दिए ।

पत्रकार शाही र रावलको माथिको आक्रमण र अन्य श्रृखलाबद्ध घटनाको तत्काल जिल्ला प्रशासन कार्यालयले छानविन गरेर घटनाका दोषीलाई कारवाही नगरे थप आन्दोलन कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ ।