☰ open Loading... 26 July 2024|  

‘गुल्मी आउन टाढा भो सानु दैलेख तिर आउ’ (भिडियोसहित)
  | १७ आश्विन २०७३, सोमबार १३:१५

दैलेखी कलाकार तथा कुशल शब्द संकलक विशाल ढकालले नयाँ लोकदोहोरी गीती एल्वम बजारमा ल्याएका छन् । लोकेन्द्र थापाको लय तथा शव्दमा ‘सानु नबढाउन भाउ’ बोलको गीत बजारमा ल्याएका हुन् ।

माया प्रेममा आधारित नयाँ लोकदोहोरी गीतमा भौगोलिक विकटताले टाढा भेट्न आउन नसक्ने भन्दै गायकले गुल्मी आउन टाढा भो सानु दैलेख तिर आउन आग्रह गरेका छन् ।

क्रिस्टियानो मुश्जिक प्रालीको प्रस्तुतीमा सार्वजनिक भएको गीतमा स्वर लोकेन्द्र थापा र रजनी खड्का छ । अभिनयमा भने विशाल ढकाल र शसिकला राईक छन् ।

दैलेखको तोली गाविसमा जन्मेका ढकाल सुर्खेतको वीरेन्द्रनगर बस्दै आएका छन् । आफ्नो यो पहिलो गीत भएकाले आगामी दिनमा स्रोता र दर्शकहरुको ईच्छा अनुसारका अन्य गीतहरु पनि सार्वजनिक गर्ने विशाल ढकालले बताए ।

उनका अनुसार तिमीलाई मेरो मेरो मायाको कमी भएछ र उनैको निम्ती बोलका दुई गीत पनि बजारमा आएका छन् ।