☰ open Loading... 29 March 2024|  

अपराधिक गतिविधिमा संलग्न तीनसयलाई कारवाही
  | १७ आश्विन २०७३, सोमबार १९:३४

घोराही नगर क्षेत्रमा शान्ति सुरक्षामा खलल् पु¥याएको भन्दै प्रहरीले २ सय ८४ जनालाई कारवाही गरेको छ । बैशाखदेखि हालसम्म मादक पदार्थ तथा लागु औषध सेवन गरी होहल्ला गर्ने ३४ महिलासहित २ सय ८४ जनालाई कारवाही गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख सुर्य थापाले जानकारी दिएका छन् ।

नगर प्रहरीले गरेको विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा प्रहरी निरीक्षक थापाले २ सय ८४ मध्य ३७ जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको पनि खुलाए । बैशाखदेखि हालसम्म वडा प्रहरीमा २ सय ८३ वटा ठाडा उजुरी परेका छन् ।

surysa

जसमध्ये २ सय ६५ वटा वडाबाटै समाधान भएको र बाँकी १८ वटा जिल्लामा पठाइएको थापाको भनाई छ । त्यस्तै घोराहीका विभिन्न क्षेत्रबाट जुवा तास खेल्ने १६ जनालाई पक्राउ गरी कारवाही गरिएको र सो क्रममा ७४ हजार ३ सय ८५ रुपैयाँ बरामद गरिएको छ ।

लागुऔषध विक्री वितरण गर्ने ३ महिलासहित ८ जनालाई पक्राउ गरी कारवाही गरिएको र उनीहरुबाट ७ ग्राम ब्राउनसुगर, ६ केजी गाँजा बरामद गरिएको छ ।

विभिन्न क्षेत्रबाट सवारी चेकजाँचबाट २ सय २३ वटा सवारीलाई कारवाहीका लागि ट्राफिक प्रहरीमा पठाइएको र सो वाफत १ लाख ६८ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको पनि थापाको भनाई छ ।

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्मा संलग्न ६ ट्याक्टरलाई कारवाहीका लागि जिविसमा पठाइएको छ । यसबार मात्रै ३० हजार राजश्व संकलन भएको प्रहरीले जनाएको छ । ५ जना फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।