सफलताको कथा भाग २
मेरो सात जनाको परिवार छ । घर सालकोट ४ जगंलामा बस्छु । वर्षले ४२ को भए । रोजगारको शिलशिलामा १ वर्ष पहिले बिदेश गए ।
ज्याला मजदुरी गरेर केहि पैसा जम्मा गरी साहुको ऋण तिर्न र घर खर्च तिर्न मात्र ठिक्क भएको थियो । यसै गरी दिनहरु विति रहेको अवस्थामा २०७२ वैशाख महिनामा गरीवी निवारण कोषको सहयोगी संस्था समाज जागरण केन्द्र (स्याक) नेपालको सहजिकरणमा गठित मिलिजुलि सामुदायिक संस्थामा आवद्धता भए ।
सामुदायिक संस्थाको आयआर्जन विकास उप–परियोजना निर्माणमा पहिलो प्राथमिकताका साथ सामुदायिक संस्थाबाट छनौट भएको हुँ । मैले तरकारी खेती गर्ने निर्णय गरे ।
गरीवी निवारण कोषबाट पहिलो किस्ता वापत मैले माग गरे अनुसारको तीस हजार सामुदायिक संस्थावाट पाए ।
सो रकमबाट मैले तरकारी खेतीको थालनी गरे । तरकारी खेतीमा धेरै मेहनत गरे । आफ्नै खाली रहेको जमिनको उपभोग गरेर टमाटर र काक्राबाट मनग्य आम्दानी गर्न सफल भए ।
मेरो बारीको राम्रो काक्रा र टमाटर देखेर अन्य गाउँका मानिसहरु पनि खेती गर्ने तरिका सिक्न आउन थाले ।
पहिलो पटक टमाटर र काक्रा बेचेर मैले २० हजार आम्दानी गरे । तरकारी खेतीमा राम्रो आम्दानी हुने देखेर अन्य जातका तरकारी पनि उत्पादन गर्न सुरु गरे ।
तरकारी खेती देखेर गाउँका अन्य मानिसहरुले पनि तरकारी खेती गर्न शुरु गरे । हाल वीरेन्द्रनगर बजारदेखि नै गाउँमा तरकारी किन्न आउन थालेपछि दैनिक सरदर एक हजारको तरकारी विक्रि गर्दै आएको छ ।
दैनिक रुपमा हुने आम्दानीले मलाई खुसी तुल्याएको छ । हरेक दिन तरकारी खेतीमा नै आफ्नो समय विताउछु । यसरी दैनिक हुने आम्दानीबाट मैले पहिलाको ऋण १० हजार तिरी सकेको छु । छोराछोरीको जीवन विमा समेत गर्न सफल भएको छु ।
पैसा कमाउन भारतका विभिन्न ठाउँमा वर्षेनी जानुभन्दा केही यह ीगर्न सकियो भने राम्रो हुन्छ । सामुदायिक संस्थाको सहयोगमा संचालन गरेको तरकारी खेतीले मेरो आर्थिक अवस्थामा मात्र सुधार गरेन सधै भरी हासी खुसी परिवारसंग बस्ने इच्छा परा गरिदिएको छ ।
मलाई मजदुरी गर्नबाट रोकेर व्यवसायी बनाउन सहयोग पुर्याउने मिलिजुली सामुदायिक संस्था र सहयोगी संस्था समाज जागरण केन्द्र (स्याक) नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
१. नाम : कमल बयक
२. ठेगाना : साल्कोट ४ जंगला, सुर्खेत
३. सामुदायिक संस्था : मिलिजुलि
४. परिवार : कमलबयकको घर साल्कोट ४ जगंला सुर्खेत रहेको छ । साथै अधिकांस घर परिवारको अर्थिक अवस्था एकदमै कमजोर अनि दैनिकज्याला मजुरी गरी जीविकोपार्जन गर्ने गर्दछन् । आफु, श्रीमान, आमा, बुवा २ छोरा र १ छोरी गरी जम्मा ७जनाको परिवार रहेको छ ।५. विगतको अवस्था : सामुहमा मिलेर काम गर्दा सामाजिक र आर्थिक दुवैमा फाइदा हुन्छ भन्ने ज्ञानको अभाव रहेको । गरीवीको कारण दैनिक आधार भुत आवश्यकता परिपुर्ति गर्नका लागि भारतमा गएर पनि गुजरा चलाउन समस्या परेको ।
६. हालको अवस्था : २ छोरा र १ छोरी विद्यालयमा अध्यनरत छन् । व्यावसायिक रुपमा तरकारी खेति गरेका कारण समयको सदुपयोग हुनुका साथै दैनिक आधार भुत आवश्यकता परिपुर्ति भैरहेको र जहान, छोरा र छारी तथा सम्पुर्ण परिवारलाई छाडेर विदेशीनु परेको छैन ।
७. परिवर्तनको कारण : चरम गरीवी र अस्वस्थाको कारण मजदुरी गरी जविन निर्वाह गर्न समस्या भैरहेको अवस्थामा विनाधितो सामुदायिक संस्थावाट रकम तरकारी खेती संचालन गरेको छु ।