जिल्लाको उच्च भागमा नमुना स्याउ खेती गरिएको छ । सेरी – ९ तल्लो गुँरासेमा २०३४ सालमा स्थानीय ६३ वर्षिय किसान पशुपती लामेछाने गरेको ब्यवसायीक रुपमा नमुना स्याउ खेती गरेका हुन् ।
हिमाली क्षेत्रमा स्याउको खेती सफल हुने भएपनि दैलेखको उच्च क्षेत्र गुँरासेमा किसान पशुपती लामेछानेले २०३४ सालमा भारतको सिम्लाबाट ल्याएको स्याउको विरुवाबाट सुरु गरेको खेतीले लाखौं रकम कमाई सफलता पाईसकेका छन् ।
लामेछाने थप स्याउका विरुवा २०४१ सालमा जुम्लाबाट ल्याएर लगाएर दैलेखमा पनि स्याउ खेतीका लागि हावापानी उपयूक्त हुने प्रमाणित समेत गरे । आफुले स्याउबाट पैसा कमाउनका लागि भन्दा पनि यहाँ स्याउ खेतीका लागि हावापानी उपयूक्त छ कि छैन भनेर अनुसन्धान गर्नका लागि परिक्षण गरेको लामेछानेले बताए ।
उनले जुम्लाबाट ल्याएको विरुवा छरछिमेकलाई समेत परिक्षणका लागि वितरण गरेका थिए । अहिले उनले दिएको विरुवाबाट छिमेकीले समेत स्याउ खान पाईरहेका छन् । स्याउ बगैंचा हेर्न आउनेहरु संख्या बर्षेनी उत्तिकै हुने गरेको कृषक लामेछानेले बताए ।
गाँउमा आउने पाहुनाहरुलाई उनले मौसममा स्याउ उपहार दिने र बाँकी स्याउ बजारमा माग अनुसार विक्रिका लागि पठाउने गर्दछन् । स्याउसंगै ओखर पनि लगाएका छन् । ओखरबाट पनि राम्रो आम्दानी हुने गरेको उनले बताए ।
अहिले लामेछानेसंगै स्थानीय कृषक रामप्रसाद कडेल, भक्तीप्रसाद लामेछाने र नमराज शर्माले पनि गुँरासेमा स्याउ फलाएका छन् । द्धन्द्धकालमा गाँउबाट विस्थापित भएकाले स्याउको हेरचार राम्रोसंग गर्न पाईएन् ।
स्याउ किसान लामेछानेले भने, शान्ति स्थापनासंगै गाँउ फर्केर स्याउको हेरचार गरियो । लामेछानेले लगाएको स्याउ २०४६ सालबाटै फल्न सुरु गरेको थियो । उनले सुरुमा २० वटा स्याउका बोट लगाएर खेती गर्न थालेका थिए ।
जिल्ला कृर्षि विकास कार्यालयसंग मिलेर अव गुँरासे क्षेत्रलाई स्याउका लागि पकेट क्षेत्र बनाउने योजना किसानहरुसंग छ । लामेछानेले सुरु गरेको स्याउ खेतीले सफलता पाएसंगै ब्यवसायकै रुपमा लगाउन सरकारले प्रेरित गर्नुपर्ने किसान नमराज शर्माले बताए ।
एकल प्रयासमा लामेछानेले दैलेखमा राम्रो÷मिठो दाना भएको स्याउ फल्न थालेपछि अन्य किसानहरु आर्कषित भएका छन् । तर, सरकारले यहाँ स्याउ लगाउन आकर्षित किसानहरुलाई प्रोत्साहनका कुनै कार्यक्रम ल्याउन नसक्दा स्याउ खेतीमा हात नहालेको किसानहरुको भनाई छ ।
दैलेखमा स्याउ खेतीका उपयुक्त भुभाग भएकाले अवका कार्यक्रमहरु स्याउ खेती तर्फ किसानलाई आर्कषित गर्ने जिल्ला कृर्षि विकास कार्यालयका बरिष्ठ कृर्षि विकास अधिकृत रमेशचन्द्र सुवेदीले बताए ।
उनले स्याउसंगै आलु लगायत अन्य तरकारी खेतीको ब्यवसायी रुपमा लगाएर बर्षेनी लाखौं रुपैँया कमाउने गर्दछन् । जिल्लामा स्याउको माग बढी भएकाले जुम्ला, भारत चिनबाट समेत आयात हुने गरेको छ ।
दैलेखको सेरी–९ तल्लो गुँरासेमा किसान पशुपती लामेछानेले फलाएका स्याउ धुदैं ।