☰ open Loading... 23 October 2024|  

विश्व हुलाक दिवस कर्मचारी सम्मानित
  | ३ कार्तिक २०७३, बुधबार १८:००

१४२ औं विश्व हुलाक दिवस सल्यानमा मनाईएको छ ।  जिल्ला हुलाक कार्यालय सल्यानको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । कार्यक्रम अन्र्तगत जिल्ला हुलाक कार्यालय सल्यानले आफ्ना ५ कर्मचारीलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेको छ । हुलाक सेवामा उत्कृष्ट काम गरेवापत उनीहरुलाई सम्मान गरेको हो ।

hulak

सम्मान पाउनेहरुमा अतिरिक्त हुलाक कार्यालय लक्ष्मीपुरका प्रतिनिधि विष्णु प्रसाद शर्मा, छायाक्षेत्रका प्रतिनिधि पोष्करी विष्ट, शिवरथ लौरावाङ्ग डाँक लाइनका हुलाकी शशीराम पुन, जिल्ला हुलाक कार्यालयकी हल्कारा हिमसरा शर्मा र जिल्ला हुलाक कार्यालयका खरिदार रेशम प्रकाश शर्मा छन् ।

कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस माधवेन्द्रराज रेग्मीले हुलाक संचारको क्षेत्रमा व्यापक भएको भन्दै यसको महत्व नयाँ अवस्थामा नयाँ ढंगले विस्तार गर्नुपर्ने बताए । उनले समाचार, खबर र बस्तु पुराउन बनाएको भरपर्दो माध्याम हलाकको महत्व झनै बढेको र यसको कार्यको समिक्षा सहित क्षेत्र विस्तारमा लाग्नुपर्ने बेला भएको बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले हुलाक र हुलाकीलाई सम्मान गर्ने हिजोदेखिको परिपाटीका कारण हुलाकको क्षेत्रमा काम गर्नेले हिनता हैन गर्व गर्नुपर्ने बताए ।