☰ open Loading... 23 October 2024|  

दुश्मनी फेर्न खुकुरी हानाहान
  | ३ कार्तिक २०७३, बुधबार १८:०६

मुगुमा पुरानो दुश्मनी फेर्नका लागी खुकुरी हानाहान हुदाँ दुई जना घाईते भएका छन् । मुगु जिल्ला सदरमुकामबाट पश्चिम पुर्वमा पर्ने हुम्लासगँ जोडिएको फोतु गाविसमा गत महिना गाउँको बिद्यालय व्यवस्थापन समिती गठन् गर्ने बिषयमा भएको झडपकै रिस फर्काउनका लागी हिजो बेलुका खुकुरी हानाहान भएको हो ।
खुकुरी प्रहारबाट फोतु गाविस वडा नम्बर ६ का बिट्क्या मल्ल र केआई सिहं मल्लका दाजुभाई घाईते भएका हुन् । घाईते मध्ये भाई पर्ने केआई सिहं मल्ल गम्भिर रहेको स्थानिय जवारी शाहीले बताए । हिजो साझँ ५ बजेतिर धान बोकेर घर फर्किदै गर्दा सोही गाविसको वडा नम्बर ८ नेरगाउँका जानराज शाही, प्रकाश शाही र बिष्ण बहादुर मल्लले उनिहरुलाई खुकुरी प्रहार गरेका हुन् ।
गएको महिना सोही बिद्यालयमै बिद्यालय व्यवस्थापन समिती गठन् गर्ने क्रममा राजनितिक दलहरुको कुरा नमिलेपछि झगडाको शुरुवात भएको हो । गएको महिना भएको झगडामा पनी केही घाईते भएका थिए ।
हिजो घटेको घटनाको बारेमा थप जानकारी लिनका लागी प्रहरी कार्यालय मुगुबाट प्रहरी टोली गईसकेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । घटना स्थल जिल्ला सदरमुकामबाट झण्डै ३ दिनको बाटो टाढा रहेको छ ।