☰ open Loading... 18 October 2024|  

एक हप्तामा तीन बेवारिसे शव फेला
  | ५ कार्तिक २०७३, शुक्रबार ११:३८

रोल्पा जिल्लामा पछिल्लो एक हप्तामा तीनवटा बेवारिसे अवस्थामा रहेका शव फेला परेका छन् । जिल्लाको कोर्चवाङ, जुगार र जौलिपोखरी गाविसमा ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

असोज २८ देखि कात्तिक २ गतेभित्र एक महिला र दुई पुरुषसहित तीनवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए ।

यही कात्तिक २ गते माछा मार्न खोलामा गएका गाउँलेले कोर्चवाङ–९ माडीखोलामा एउटा शव देखेपछि इलाका प्रहरी कार्यालय घर्तीगाउँमा खबर गरे । प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा गएको टोलीले पहिचान गर्दा उक्त शव घर्तीगाउँकै एक फर्निचर उद्योगमा काम गर्ने रौतहट घर भएका ४५ वर्षीय रामनारायण ठाकुरको भएको पुष्टि ग¥यो ।

यसैगरी, असोज २८ गते जुगार ६ का ५२ वर्षीय डोरबहादुर सार्की भीरमा मृत भेटिए । चार दिनअघि दसैँको खसी किन्न हिँडेका उनी घर फर्कन पाएनन् । उनको शव भीरमुनि मकैबारीमा फेला परेको थियो ।

परिवारका अनुसार सार्कीले पनि रक्सी सेवन गर्ने भएकाले लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । बेवारिसे शव फेला पर्ने क्रममै जौलीपोखरीमा असोज २८ गते ६५ वर्षीया गौरी पुनको शव फेला परेको थियो ।

मानसिक सन्तुलन ठीक नभएको भनिएकी उनी असोज १९ देखि हराइरहेकी थिइन् । घनाडाँडा जङ्गलमा शव देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । भेटिएका तीनवटै शव आत्महत्या नभई भवितव्य हुन सक्ने प्रहरीले आँकलन गरेको छ ।

Scoure:kathamandautody