☰ open Loading... 26 April 2024|  

जडिबुटि खेतीका लागी किसानलाई प्रोत्साहन
  | ६ कार्तिक २०७३, शनिबार १८:०७

जडिबुटि खेतीको राम्रो सम्भावना रहेको सल्यानमा जिल्ला वनस्पति कार्यालयले जडिबुटि पकेट क्षेत्र घोषणा गरि किसानलाइ खेतीका लागी प्रोत्साहन गरिरहेको छ । जडिबुटि खेतीको लागी कार्यालयले जिल्लाको रिम, सिनवाङ, धनवाङ र दमाचौरलाइ पकेट क्षेत्र मानेको छ ।

आर्थीक विकासका लागी सरकारको प्राथमिकताक्रममा परेका जडिबुटि खेती विस्तार तथा व्यवस्थापन सम्बन्धी फिल्ड कोचिङ कार्यालयले शनिबार सम्पन्न गरेको छ ।

salyan-p

पकेट क्षेत्र मानिएका गाविस भित्र रहेका सामुदायीक वनमा आवद्ध किसानहरुलाइ कोचिङ सञ्चालन गरिएको जिल्ला वनस्पति कार्यालय सल्यानका प्रमुख डम्बर कार्कीले जनाए ।

उनले जडिबुटिको महत्व अत्यन्तै रहेको र यसबाट नै किसानको जिवनस्तर माथी उठ्न सक्ने भएकाले खेतीका लागी प्रोत्साहन गरिने जनाए ।

‘मुल्यवान जडिबुटिहरु हाम्रो वनजंगलबाट खेर गइरहेका छन् र कतीपय लोप हुँदै गइरहेका छन्,’ कार्यालय प्रमुख कार्कीले भने– ‘जडिबुटिको संरक्षण र खेती विस्तारमा हाम्रो पुरै सहयोग हुनेछ र म भर्खरै वनस्पति विभागबाट सरुवा भएर सल्यानमा आएको छु, म यहाँ रहने अवधिभर किसानलाइ जडिबुटिको महत्व बुझाउन कोसिस गरिरहनेछु ।’

सोहि उद्देश्य अनुरुप ६० जना बढि किसानलाइ सल्यानमा सजिलै खेती गर्न सकिने र प्राथमिकता क्रममा परेका जडिबुटिहरु टिमुर, तेजपात, कुरिलो, गुर्जाे, मालागिरी, सुगन्धकोकिला र काउलोको खेती कसरि गर्ने, जडिबुटिको गुणस्तर कसरि कायम गर्ने र बजार व्यवस्थापन कसरि गर्ने जस्ता विषयमा प्रशिक्षण दिइएको उनले जनाए ।

साथै कोचिङमा जडिबुटि खेतीका लागी किसानलाइ आइपर्ने समस्याका बारेमा पनि फिल्डस्तरमै छलफल गरिएको वनस्पति कार्यालयका हेड फिल्ड अधिकृत कृष्ण पुनले जनाए । किसानलाइ वनस्पति कार्यालयका प्रमुख कार्की, इलाका वन कार्यालय कपुरकोटका प्रमुख सहायक वन अधिकृत विष्णु प्रसाद अर्याल र हेड फिल्ड अधिकृत पुनले प्रशिक्षण दिएका थिए ।

सल्यानमा जडिबुटी विकास सम्वन्धमा सरकारी तथा गैरसरकारी निकायबाट पहल गरिए पनि संरक्षण र सम्वर्धनका लागि खासै कुनै पनि प्रयास भएको देखिदैन ।

यहाँका वासिन्दाहरुलाई जडिबुटीको महत्वबारे जनचेतना नहुनु, संकलनकर्ताले आफ्नो पारिश्रमको उचित मुल्य नपाउनु, जडिबुटीको परिणाम एकिन नहुनु, जिल्लाको दुर्गम क्षेत्रमा अमुल्य जडिबुटी पाइनु, संकलन गर्ने उचित समय तथा संकलन विधी थाहा नहुनुजस्ता समस्याहरु रहेका छन् ।