☰ open Loading... 24 October 2024|  

अघि बढेन चक्रपथ निर्माणको काम
  | ८ कार्तिक २०७३, सोमबार ०९:०८

सुर्खेत उपत्यकालाई चक्रपथले जोड्ने योजना अझै अघि बढेको छैन् । प्रारम्भिक सर्भे भैसक्दासमेत स्थानीयस्तरमा सहमति जुट्न नसक्दा योजनाले गति लिन नसकेको हो ।

विवादकै कारण विस्तृत सर्भे पनि सुरु हुन सकेको छैन् । २७ किमी लामो चक्रपथ निर्र्माणका लागि यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयले बहुवर्षीय योजनामा समावेश गरेको छ ।

surkhet-valley
सडक डिभिजन कार्यालयले वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ इन्जिनियर जनकबहादुर शाहीको संयोजकत्वमा प्राविधिक समिति गठन गरेपनि कुन–कुन क्षेत्रबाट चक्रपथ लैजाने भन्ने विषय टुंगोमा पुगेको छैन् ।

‘बजेट सिलिङ प्राप्त भैसक्यो । रुट निश्चित गरिएको छैन्’ डिभिजन प्रमुख बेलबहादुर भुजेलले भने, ‘नगरबासी, राजनीतिक दल, नागरिक समाजसंगको छलफलपछि रुट निर्धारण हुन्छ ।’