☰ open Loading... 17 April 2024|  

घरेलु मदिरा नष्ट
  | ८ कार्तिक २०७३, सोमबार ०९:१६

सुर्खेत प्रहरीले थालेको अवैध घरेलु मदिरा नियन्त्रण कार्य अन्तरगत थप दुई हजार बढी लिटर रक्सी जफत गरेको छ । वीरेन्द्रनगरका विभिन्न वडाबाट नियन्त्रणमा लिएको रक्सी आईतबार करदाता सेवा कार्यालयको रोहवरमा नष्ट गरेको छ ।

raksi7
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले तयार भएको ५० लिटर रक्सी र दुई हजार दुईसय लिटर कच्चा पदार्थ जफत गरेको थियो ।

पछिल्लो दुई दिनमा रक्सी बनाउन प्रयोग हुने १० थान भाडा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुर जंग मल्लले जानकारी दिए । प्रहरीले गत शुक्रबार मात्रै तीन हजार पाँच सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको थियो ।