☰ open Loading... 24 October 2024|  

मंसीरसम्म विद्यालय व्यवस्थापन समिती गठन गरी सक्नु पर्ने
  | ८ कार्तिक २०७३, सोमबार ०९:४६

बर्दियाका सामुदायिक विद्यालयमा मंसीर मसान्त भित्र बिद्यालय व्यवस्थापन समिती गठन गरी सक्नुपर्ने बताईएको छ । जिल्ला शिक्षा कार्यालय बर्दियामा भएको एक कार्यक्रमका बिच जिल्ला शिक्षा अधिकारी दमनसीँह चौधरीले मंसीर मसान्त भित्र बर्दियाका सम्पुर्ण विद्यालयमा विद्यालय व्यवस्थापन समिती गठन गरी सक्ने बताउनुभएको हो ।

पढाई सिप बिकास प्रर्बद्धन कार्यक्रमका लागि केन्द्रबाट बर्दिया आउनुभएका बरीष्ठ शिक्षा बिज्ञ जयन्ती सुब्बा, प्रमुख प्राबिधीक सल्लाहकार विष्णु कार्की सहितको टोलीले बिद्यालय व्यवस्थापन समिती गठन भएको बारे बुझ्दा बर्दियामा हालसम्म २५ वटामा मात्रै विद्यालय व्यवस्थापन समिती गठन भएको पाईएको छ ।

३ सय १ सामुदायिक विद्यालय रहेको बर्दियामा हालसम्म २५ वटा विद्यालयमा मात्रै विद्यालय व्यवस्थापन समिती गठन भएको जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ ।

उता दाङ्ग जिल्लामा भने बिद्यालय व्यवस्थापन समिती गठन ८० प्रतिशत भईसककेको टोलीले केन्द्रबाट आएको जनाएको छ ।  भरखरै मात्र गठन भएको समितीले केही काम गर्न नपाउँदै बिघटन भएपछी अधिकाँश बिद्यालयमा पुरानै समितीमा महिला सहित नयाँ दुई जना थपेर समिती पुर्नगठन गरीएको पाईएको छ यो निक्कै राम्रो हो केन्द्रबाट आउनुभएका शिक्षा बिज्ञले भन्नुभयो ।

बर्दियामा बिद्यालय व्यवस्थापन समिती गठन भईसकेपछी विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक समिती र प्रधानाध्यापकलाइ पढाई सिप बिकासका लागि तालिमको आयोजना गरीने बताईएको छ ।

देशभरका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिती गत साउनमा नयाँ शिक्षा नियमावली अनुसार बिघटन भएपछी नयाँ समिती गठन गर्नु पर्ने भएको हो ।