☰ open Loading... 7 September 2024|  

नौं महिनामा १७३ उजूरी
  | ९ कार्तिक २०७३, मंगलवार ०७:३६

हेलो सरकार कार्य कक्ष सुर्खेतमा एक सय ७३ उजूरी परेका छन् । मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा स्थापना भएको यो कक्ष स्थापना भएको ९ महिनामा यी उजूरी परेका हुन् ।

hello-sarkar
अधिकाँश उजूरीहरु शिक्षा र विकास निर्माणसंग सम्वन्धिका उजूरीहरु बढी पर्ने गरेको हेलो सरकार कक्ष सुर्खेतका खरिदार कमला योगीले जानकारी दिईन् ।

उनका अनुसार ९६ उजूरीहरु फछ्र्यौट भएका छन् । मध्यपश्चिम विकास क्षेत्रका सवै जिल्लाबाट यस्ता उजूरीहरु पर्ने गरेका छन् । तर सवैभन्दा बढी सुर्खेतका उजूरी तथा गुनासाहरु आउने गरेको योगीले बताइन् ।

सार्वजनिक सेवा सम्वन्धिका जनगुनासा सुन्ने उदेश्यले गत माघमा हेलो सरकार कार्य कक्ष सुर्खेतमा स्थापना भएको थियो । ‘क्षेत्रीय स्तरबाट सम्बोधन हुने उजूरी यहीबाट किनारा लाग्छन् ।’ योगीले भनिन्,–‘मन्त्रालयसंग सम्वन्धित भए केन्द्रमा पठाउने प्रावधान छ । तर अधिकाँश उजूरी यहीबाट सम्बोधन हुन्छन् ।’

यो सेवालाई प्राभवकारी बनाउन सवै जिल्लामा यसबारे जानकारी दिने गरेको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ । कतिपय उजूरी गम्भीर प्रकृतिका भएपनि अधिकाँश तथ्यहिन हुने गरेको प्रशासन स्रोतले बतायो ।