☰ open Loading... 26 July 2024|  

‘डिप स्टिक टेष्ट’ गर्न निर्देशन
  | ९ कार्तिक २०७३, मंगलवार ०७:३९

सुर्खेतका सवै नागरिकहरुले अनिवार्य रुपमा वर्षमा एक पटक मृगौला रोगको परिक्षण गर्नु पर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको कार्यक्रम सञ्चालन निर्देशिका २०७३ अनुसार अव हरेक नागरिकले डिप स्टिक टेष्ट अनिवार्य गर्नु पर्ने भएको हो ।

latter
जिल्लाका सवै स्वास्थ्य संस्थाहरुमा पहिलो पटक यो कार्यक्रम सञ्चालन भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले मृगौला रोगीहरुलाई प्राथमिकता राखेर उपचार गर्ने समेत निर्देशन दिएको छ ।

पछिल्ला वर्ष मृगौला रोगीहरुको संख्यामा वृद्धि भएपछि सुर्खेतमा पनि यो कार्यक्रम लागु भएको हो । स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थाहरुमा आउने विरामीहरुमा मृगौला रोग भए वा नभएको पुष्टि गर्न सुर्खेतमा यो कार्यक्रम सञ्चालनमा आएको जिल्ला जनस्वास्थ्य कायार्यलय सुर्खेतका सूचना अधिकारी बशन्तमान श्रेष्ठले जानकारी दिए ।

देशका अन्य जिल्लाहरुमा यो कार्यक्रम यस अघि नै सञ्चालन भएको थियो । तर सुर्खेतमा चालु आर्थिक वर्ष २०७३÷०७४ बाट लागु भएको छ । ५ वर्षभन्दा माथिका सवै व्यक्तिहरुको मृगौला रोगको पूर्व परीक्षण प्रतिवेदन समेत तयार पर्न निर्देशन दिएको सूचना अधिकारी श्रेष्ठले बताए । मृगौला रोगी भए वा नभएको जानकारी यो डीप्स स्टिक टेष्टबाट थाहा हुनेछ ।

यो कार्यक्रम जिल्ला सवै स्वास्थ्य संस्थामा लागु हुने जानकारी दिएका श्रेष्ठले २७ वटा स्वाथ्य संस्थामा औषधी पठाइ सकिएको बताए ।  ‘सम्वन्धित स्वास्थ्य संस्थाले मृगौला रोगीहरुको पिसावमा चिनी, प्रोटिन र पि.एच.को परिक्षण गर्नुपर्छ ।’ श्रेष्ठले भने,–‘यी तीन आधारबाट सुर्खेतमा कति जना मृगौला रोगीहरु छन् भन्ने सहजै थाहा हुन्छ ।’

स्वास्थ्य मन्त्रालयको निर्देशिकामा भने मासिक रुपमा मृगौला रोगीहरुको विवरण राख्नु पर्ने उल्लेख छ । सुर्खेतमा ४७ स्वास्थ्य संस्था, ३ प्राथमिक केन्द्र र २ वटा अस्पताल छन् ।

जनस्वास्थ्य कार्यालय सुर्खेतले यस अघि डायोलिसका लागि ११ जना विरामीलाई सिफारिस गरेको श्रेष्ठले उल्लेख गरे । मृगौला रोगी भएमा डायोलिसका लागि एक लाख रुपैयाँको निःशुक्ल सेवा पाउने प्रावधान छ ।

‘कार्यक्रम नयाँ हो, यस बारेमा सवैलाई जानकारी हुने गरी सूचना प्रवाह गर्न मातहतका स्वास्थ्य संस्थालाई पत्रचार गरेका छौं ।’ श्रेष्ठले थपे,–‘मृगौला रोगीहरुको पहिचान गर्नमा यो कार्यक्रमले थप टेवा पुग्ने अपेक्षा लिएको छ ।’

निर्देशिकामा मृगौला सम्वन्धिको सेवा उपलव्ध छ भन्ने सूचनापार्टी राख्नु पर्ने, विरामीलाई पिसाव राख्ने कन्टेनर दिनु पर्ने, सवै अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुको ल्याव फाँटबाट सेवा दिनु पर्ने, सेवाग्राहीकै अगाडी उसको पिसावमा युरिन डीप्सटिक टेष्ट किटमा डुबाएर जानकारी दिनु पर्ने र यो किटका बारेमा प्रत्येक मासिक बैठकमा छलफल गर्नु पर्ने उल्लेख छ ।