☰ open Loading... 26 September 2023|  

सल्यानमा तीन नगरपालिकासहित दश स्थानिय तहको प्रस्ताव
  |

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति सल्यानले दश ओटा संरचनाको खाका सङ्ख्या तथा सीमा निर्धारण आयोगमा सिफारिस गरेको छ । स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक रामचन्द्र पौडेलकोको अध्यक्षतामा बैठक बसेको सर्बदलिय बैठकले सल्यान जिल्लामा १० ओटा स्थानिय तहको संरचना पठाउने निर्णय गरिएको हो ।

स्थानिय तह पुर्नसंरचना प्रबिधिक सहयोग समिति सल्यानले बनगाडकुपिण्डे नयाँ नगरपालिका थप गरी ३ नगरपालिका सहति ७ गाउँपालीका सिफारिस गरेको छ । जस अनुसार काप्रेचौर, कालिमाटि काल्चे, कालिमाटि रापुर र लक्ष्मीपुर गाबिस गरी चार गाबिसलाई जोडेर कालिमाटि गाउँपालीकालाई सिफारिस गरेको छ ।

त्यस्तै काभ्रा,फलाबाङ्ग,काराँगिठि र त्रीबेणी चार गाबिसलाई मिलाएर त्रिबेणी गाउँपालीकाको सिफारिस गरेको छ । यस्तै धाबाङ्ग, सारपानी गर्पा, रिम, सिनबाङ्ग गरी चार गाबिसलाई मिलाएर कपुरकोट गाउँपालीकाको लागि सिफरिस गरिएको स्थानिय तह पुर्नुंरचना पा्रबिधिक सहयोग समिति सल्यानका सदस्य सचिब तथा जिबिस सल्यानका सुचना अधिकृत पुर्ण ओलीले बताए ।

उनका अनुसार दमाचौर, लेखपोखरा, कोर्बाङ्ग झिम्पे र छायाँक्षेत्र चार गाबिसलाई मिलाएर छत्रेश्वरी गाउँपालीकाको लागि सिफारिस गरेको छ । यस्तै साबिकको शारदा नगरपालीकालाई शारदा नगरपालीकाको सिफारिस गरिएको छ ।

यस्तै, शारदा नगरपालीकाको वडा नम्बर ७ कजेरी सिद्धेश्वरी,चाँदेकरेञ्जी,बाँझकाँडा गाबिसलाई मिलाएर ढोरचौरर गाउँपालीका, देवस्थल, बामे, मूलखोला, घाँजरीपिल गाबिसलाई मिलाएर बनगाडकुपिण्डे नगरपालीकाको सिफरिस गरिएको छ ।

स्थानिय तह पुर्नसंरचना प्रबिधिक सहयोग समिति सल्यानका अनुसार जिमाली, मर्मपरिकाँडा, स्वीकोट,कालागाउँ र बनगाड गाबिसलाई मिलाएर कुमाखमालिका नगरपालीका, भल्चौर, दार्माकोट, ढाकाडाम गाबिसलाई मिलाएर दार्मा गाउँपालीका र बाँफुखोला गाबिसलाई बागचौर नगरपालीकामा मिलाएर बागचौर नगरपालीकाको लागि सिफारिस गरेको छ ।

स्थानिय तह पुर्नसंरचना प्रबिधिक सहयोग समिति सल्यानले आज देखि जिल्लामा रहेका गाउँपालीका तथा नगरपालीकाहरुमा वडा बिभाजन तथा जनमत संकलन अभियान सुरु गर्ने भएको छ ।

जिल्लामा सम्पन्न सर्बदलिय बैठकले कात्र्तिक १० गते आज ढोरचौर र रागेचौर तथा कात्र्तिक ११ गते भोली देवस्थल, लेखपोखरा, लुहाम, कपुरकोट र भल्चौरमा पुगेर त्यहाका स्थानियको राय सुझाव सहितको जनमत संकलन गरिने सदस्य सचिब ओलीले बताए ।

उनले भने–‘गोष्ठिमा प्राप्त राय सुझाका आधारमा वडा केन्द्र तोक्ने र प्राप्त प्रतिबेदनका आधारमा जिल्ला स्थित सर्बदलिय बैठक बसी अन्तिम रुप दिने छ ।’ स्थानिय तह पुर्नसंरचना प्रबिधिक सहयोग समिति सल्यानले सो प्रतिबेदनलाई अन्तिम रुप दिनका लागि केन्द्रमा पठाउने छ ।
पछिल्लो समयमा सरकारले मुलुकमा ५ सय ६५ बाट ७ सय ४२ स्थानीय तहको संरचना तयार गर्नसक्ने निर्णय गरेसँगै जिल्लामा प्राप्त भएको परिपत्र बमोजिम प्रस्तावित अन्तिम खाका सिफारिस गरिएको प्राविधिक सहयोग समिति सल्यानले जनाएको छ ।

!-- .entry-content -->