नेपाली कांग्रेस नेता रामशरण महतले लोकमान सिंह कार्किमाथिको महाअभियोग प्रकरणमा कांग्रेस ‘न्यायसिध’ का रुपमा रहेकाले सुझबुझका आधारमा मात्रै फैसला गर्ने बताएका छन् । उनले यो बिषयमा छानवीन गर्न बनाइएको संसदीय समितिको प्रतिवेदनका आधारमा कांग्रेसले आफ्नो बास्तवीक धारणा ल्याउने बताए ।
संसदमा महाअभियोग प्रस्ताव बारे प्रकृया चलिरहेकाले के ठिक ? के बेठिक भनेर हतारमा निर्णय गर्न नहुने उनको भनाई थियो । नेपाल प्रेस युनियन दाङले बिहिवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा नेता महतले भने ‘कांग्रेस न्यायधिस हो ।
तर्सथ न्यायधिस हतारमा बोल्नु राम्रो हुँदैन । कांग्रेसले संसदीय समितिको प्रतिवेदनका आधारमा अन्तिम निर्णय लिने छ ।’


संसदीय छानवीन समितिले यसबारेमा काम सुरु गरिसकेकाले उसको प्रतिवेदन कांग्रेसका लागि आधिकारीक बन्ने भन्दै महतले एमाले, माओवादीले प्रस्ताव दर्ता गरेकै भरमा उनीहरुको पछि लाग्नु जायज नहुने पनि वताए ।
संसदीय समितिको प्रतिवेदनलाई आधार मान्दा समिति बलियो पनि हुने र समितिको कार्यको सम्मान पनि हुने उनले बताए । यस्तै उनले महाअभियोग बारे अहिले चलेको बहस बढि भएको भन्दै उनले यो बिषयलाई राष्ट्रिय मुद्धा बनाईनु नहुनेमा जोड दिएका छन् । ‘यो संवैधाविनक प्रकृया हो, यसबारे संसदले छानवीन गर्ने हो,’उनले भने ‘तर पक्ष बिपक्ष बनेर यो बिषयलाई बढि उछालिनु सहि होईन् ।’
अहिले महाअभियोग मै सबैको ध्यान अहिले केन्द्रीत रहेकाले राष्ट्रिय मुल मुद्धा ओझेलमा पारिएको पनि उनले वताए । ‘राष्ट्रिय मुद्धा भनेका संविधान कार्यान्वयन र स्थानीय निर्वाचनको बिषय हुन्,’महतले भने ‘यि दुई महत्वपूर्ण बिषयलाई कसरी सहमतीमा टुंग्याउन सकिन्छ भनेर प्रयास थालिनु पर्ने हो,तर बिषय अर्कैतिर मोडिएको छ ।’



