☰ open Loading... 18 April 2024|  

भुपेन्द्र चन्द स्मृतिमा खेलकुद प्रतियोगिता
  | १२ कार्तिक २०७३, शुक्रबार १८:२६

भुपेन्द्र चन्द स्मृतिमा भेरीगंगा नगरापलिका १४ रामघाट खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । फुटबल खेलाडी समेत रहेका चन्दको स्मृतिमा फुटवल र ब्याटमिन्टन प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।

शीखर युवा समाज रामघाटको आयोजनामा भएको फुटवल खेलमा वीरेन्द्रनगरको शिद्धपाइला युवा क्वल प्रथम र मैनतडाको कुहिरे फ्यान क्लव दोस्रो भएको छ ।

उनीहरुले क्रमश रु २५ हजार र १५ हजार नगद पुरस्कार वितरण गरिएको शिखर युवा समाजका अध्यक्ष दीर्घराज वालीले जानकारी दिए । उनका अनुसार ब्याटमिन्टनमा छिन्चुका पवन शाहीको समूह प्रथम र मेहलकुनाका खगेन्द्र माझिको समूह दोस्रो भएका छन् । उनीहलाई नगद रु. ७ हजार र पाँच हजार पुरस्कार पाएका छन् ।

गत वर्ष भेरी नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएका चन्दको स्मृतिमा सो प्रतियोगिताको आयोजना गरिएको समाजका अध्यक्ष वलीले बताए । उनले चन्द फुटवलका राम्रो खेलाडी भएको र युवाहरुलाई खेलप्रति जागरुक गराउन प्रतियोगिता आयोजना गरेको उल्लेख गरे ।

कार्तिक ८ गतेबाट शुरु भएको समापन कार्यक्रममा भेरीगंगा नगरपालिकाका इन्जिनियर नरेन्द्र खड्का, नेपाली काँग्रेस सुर्खेतका कार्यसमिति सदस्य रामबहादुर सिंह, शीखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्क चन्द, नेपाल किक संघका केन्द्रीय सदस्य हरि विष्ट लगायतको उपस्थिती रहेको थियो ।