☰ open Loading... 30 April 2024|  

सुर्खेतमा बस दुर्घटना, २० यात्रु घाईते
  | १८ कार्तिक २०७३, बिहीबार १६:१३

सुर्खेतमा दुईवटा बस एक आफसमा जुध्दा २० यात्रु घाइते भएका छन् । रत्नराजमार्ग अन्तरगत सुर्खेत कोहलपुलर सडक खण्डको सानो विउरेनीमा बिहीबार दिउसो तीन बजे बस दुर्घटनामा भएको हो ।

सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख २९८ बस र नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको ना ४ ख ६५४१ नम्बरको बस ठोक्किएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

वीरेन्द्रनगर १३ स्थित रत्नराजमार्गको सनो विउरेनीमा एक आफसमा ठोक्कीएका बस । तस्वीर हरिस पाण्डेको फेसबुकबाट
वीरेन्द्रनगर १३ स्थित रत्नराजमार्गको सनो विउरेनीमा एक आफसमा ठोक्कीएका बस । तस्वीर हरिस पाण्डेको फेसबुकबाट

घाईते १३ यात्रुको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ र ७ जनाको माया नर्सिङ्ग होममा उपचार भैरहेको छ । दुर्घटनामा गम्भीर घाईते भएको बताइएको छ । घाइतेहरुको उद्धार गरी उपचार भैरहेको जानकारी दिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख हर्क रावलले दुर्घटनाको कारण खुल्न नसकेको बताए ।