☰ open Loading... 17 May 2024|  

एचआईभी सङ्क्रमितका लागि एआरटी केन्द्र
  | १९ कार्तिक २०७३, शुक्रबार ०७:४७

बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र (एआरटी सञ्चालनमा आएको छ । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएपछि त्यस क्षेत्रका एचआइभी सङ्क्रमितका लागि सजिलो हुने भएको हो ।

एचआइभी सङ्क्रमितले नियमितरुपमा खाँदै आएको एआरटी औषधिका लागि जिल्ला अस्पताल बैतडीमा आउनुपर्ने समस्या हटेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए ।

वैतडीको तल्लोस्वराडमा नियमित एआरटी खाँदै आएका १७ जना एचआइभी सङ्क्रमित रहेका छन । एचआइभी सङ्क्रमितले एआरटी औषधि सेवन गर्नका लागि जिल्ला अस्पतालमा आउनुपर्ने बाध्यता अब टरेको छ । यस सँगै बैतडीमा दुई ठाउँमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएका छन ।