☰ open Loading... 21 May 2024|  

थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग
  | १९ कार्तिक २०७३, शुक्रबार १८:३६

गाउँपालिकाको केन्द्र थबाङलाई बनाइनुपर्ने माग राख्दै करिब एक हजार बढी थबाङवासी रोल्पा सदरमुकाम लिबाङ आइपुगेका छन् ।

सङ्घर्ष समितिका संयोजक जयप्रकाश रोकाको संयोजकत्वमा आएको टोलीले आाफ्नो माग पूरा नभएसम्म सदरमुकाम नछाडिने बताएको छ । टोलीमा सहभागीले ‘थबाङलाई सधैंँ अछुतो व्यवहार गर्न पाइँदैन’, ‘मगर खाम भाषा संरक्षित थबाङ गाउँपालिका बनाइदेऊ’ लगायत नारा लगाएका थिए ।

आहा थवाङ रोल्पाको सुन्दर गाउँ थवाङ । तस्वीर जीवन डाँगी रोल्पा
रोल्पाको थवाङ । तस्वीर जीवन डाँगी रोल्पा

टोलीले प्रहरीले जिल्ला प्रशासन कार्यालयमा प्रवेश गर्न नदिएपछि स्थानीय विकास अधिकारी सुशील वैद्यलाई स्थानीय टुँडिखेलमै ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा थवाङलाई गाउँपालिकाको केन्द्र बनाउनुपर्ने लगायत माग राखिएको सङ्घर्ष समितिका संयोजक रोकाले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी वैद्यले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका विभिन्न चरणमा बसेको बैठकमा थबाङका विषयमा बृहत् छलफल भइरहेको जानकारी दिए ।