☰ open Loading... 26 July 2024|  

उपचारमा ५० प्रतिशत छुट दिने प्रक्रिया शुरु
  | १९ कार्तिक २०७३, शुक्रबार १८:३९

श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

doctorchecks
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेका छन् ।

उक्त व्यवस्थाको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ । स्वास्थ्य मन्त्रालयले अर्थ र सञ्चार मन्त्रालयका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला सङ्घ÷संस्था तथा व्यक्तिको सहभागितामा समिति गठन गर्ने गृहकार्य सुरु गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाका निजी सचिव शालिग्राम दाहालले जानकारी दिए ।

“सूचना तथा सञ्चार मन्त्रालयबाट पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिनेबारे चिठी प्राप्त भएको छ, उनले भने –त्यसको कार्यान्वयनका लागि मापदण्ड बनाएर सरोकारवाला निकायको सहभागितामा समिति बनाउने र छलफल अगाडि बढाउने गृहकार्यमा मन्त्रालय लागिपरेको छ ।”

त्यसैगरी मन्त्रालयले ल्याउन लागेको स्वास्थ्य बिमा कार्याक्रममा पनि पत्रकारलाई कसरी लाभान्बित गर्न सकिन्छ भन्नेबारे समेत छलफल भइरहेको र त्यसबारे पत्रकार महासङ्घले पनि चासो देखाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बजेट पारित भएसँगै पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन हुनुपर्नेमा अहिलेसम्म त्यो कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले उक्त व्यवस्था कार्यान्वयनका लागि महासङ्घले सञ्चार, अर्थ र स्वास्थ्य मन्त्रालयलाई समेत पटक÷पटक अपिल गर्दै आएको छ भने । महासङ्घकै पहलमा बजेटमा व्यवस्था गरिएको हुँदा यदि कार्यान्वयन नभएको खण्डमा महासङ्घले सकारात्मक दबाब दिने उनको भनाइ छ ।

Scoure : Ratopati