☰ open Loading... 24 October 2024|  

न्यायपरिषद् सदस्य नियुक्त
  | १९ कार्तिक २०७३, शुक्रबार १८:४१

राष्ट्रपति विद्यादेवी भण्डारीले प्यूठान नगरपालिका– १९ का अधिवक्ता पदमप्रसाद वैदिकलाई न्यायपरिषद् सदस्यमा नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा नेपालको संविधानको धारा १५३ को उपधारा १ बमोजिम राष्ट्रपतिले अधिवक्ता वैदिकलाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।