☰ open Loading... 18 May 2024|  

संशोधन स्थानीय तह पुनःसंरचनामा यस्तो बन्ने भयो सुर्खेत
  | १९ कार्तिक २०७३, शुक्रबार १९:१८

स्थानीय निकाय पुनःसंरचना संशोधन कार्यविधि अनुसार सुर्खेतमा ५ गाउँ तथा ४ नगरपालिका गरी ९ स्थानीय तह बनाउन प्रस्ताव गरिएको छ । जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सरोकारवालासंगको छलफल पश्चात प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

salyan newss _2_
यसअघि ४ गाउँपालिका र ४ नगरपालिका गरी ८ वटा तहको प्रस्ताव गरिएको थियो । संशोधित कार्यविधि अनुसार समितिले शनिबार प्रतिवेदन बुझाउनुपर्ने समय सीमा छ ।

जिल्लास्तरीय प्राविधिक सहयोग समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लोपटक प्रस्ताव गरिएको चिंगाड गाउँपालिकालाई टुक्र्याएर केही गाविस समेटेर लेकबेसी नगरपालिका बनाइएको छ ।

जसमा कल्याण, लेखफर्सा, साटाखानी, नेटा, दशरथपुर छन् । चिंगाड गाउँपालिकामा मेटला, अवलचिङ, पाम्का, रानीबास र रजेना छन् । चौकुने गाउँ पालिकामा लगाम, बेतान, गुटु, घाटगाउँ, बिजौरा छन् ।

त्यसको केन्द्र बिजौरा वा गुटु प्रस्ताव गरिएको छ । पञ्चपुरी नगरपालिकामा सालकोट, विद्यापुर, छाप्रे, बाबियाचौर र तातापानी गाविस छन् । जसको केन्द्र बाबियाचौर ५ वा ६ लाई प्रस्तावित छ ।

वराह गाउँपालिकामा पोखरीकाँडा, हरिहरपुर, कुनाथरी, लेखगाउँ र तरंगा छन् । जसको केन्द्र बड्डीचौर छ । साबिकको भेरीगंगा नगरपालिकामा लेखपराजुल गाविस थपिएको छ ।

गुर्भाकोट नगरपालिकामा सुभाघाट नगरपालिका, सहारे, मालारानी, धारापानी छन् । सिम्ता गाउँपालिकामा घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडीचँैर, खानीखोला, डाँडाखाली, काप्रीचौर र राकम छन् । त्यस्तै, साबिकको वीरेन्द्रनगर नगरपालिकामा रतु, गढी, गर्पनलाई गाभ्न प्रस्ताव गरिएको छ ।