☰ open Loading... 19 April 2024|  

शिबिरबाट तीन हजार शरणार्थी हटाईदै
  | २० कार्तिक २०७३, शनिबार १७:५४

फ्रान्सको राजधानी पेरिसबाट नजिकै पर्ने उत्तरपुर्वी क्षेत्रमा रहेको शरणार्थी शिविरबाट झण्डै ३ हजार जना शरणार्थीलाई हटाउन थालिएको छ ।

पेरिसको आधिकारीक निकायले शुक्रबार विहानदेखि उनीहरुलाई हटाउने अभियान सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

क्यानल सैण्ट मर्टिनमा रहेको ओभरहेड व्रिजबरीपरी बस्दै आएकाहरुलाई हटाउन शान्तिपूर्वक प्रक्रिया अगाडी बढाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार विहान ६ बजे उनीहरुलाई हटाउन लागेका बेला सयौं पुरुष शरणार्थीहरु प्रहरीको पछि लागेका थिए । प्रहरीले शरणार्थीहरुलाई गाडीमा हालेर पेरिसकै अर्को ठुलो क्षेत्र इले—डी—फ्रान्समा लगेका थिए ।

“हामी कहा जाँदै छौं भन्ने नै हामीलाई थाहा भएन,” २८ बर्षका शरणार्थी खालीदले भने— “महत्वपूर्ण कुरा त यो छ की हामीसँग आवश्यक कागजपत्रहरु छन्, हामीलाई एक महिनालाई हुने पाल छ । यहाँ बस्न पनि राम्रो छ । ”

scoure : Chakrapatha:RSS:AAFP