| २१ कार्तिक २०७३, आईतवार १२:३०
जिल्लामा सात गाउँपालिका बनाउने सहमति भएको छ । जिल्ला प्राविधिक सहयोग समितिले आयोजना गरेको कार्यशाला गोष्ठीमा दलका प्रतिनिधि उक्त संख्यामा सहमत भएका हुन् ।
समितिले यसअघि आयोगको निर्देशनअनुसार पाँच गाउँपालिकाको सीमांकन र नामांकन गरी प्रतिवेदन पेस गरेको थियो । छलफलपछि सहमतिको प्रतिवेदन आयोगमा पेस गर्ने प्राविधिक समितिका संयोजक तथा स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले बताए । हालको सीमांकनअनुसार चीनसँग जोडिएको गाउँपालिका मुलुककै सबैभन्दा ठूलो भूगोलको स्थानीय निकाय हुनेछ ।