☰ open Loading... 29 March 2024|  

ढुङ्गाले लागेर सहचालकको मृत्यु
  | २५ कार्तिक २०७३, बिहीबार १९:१३

घर्तीगाउँ–९ बल्लेमा जुगारदेखि ओत घोर्नेटी कच्ची सडक खन्ने क्रममा ढुङ्गाले लागेर डोजर सहचालक राँक–९ रोल्पाका ३० वर्षीय सहचालक गणेश थापाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बिहान करिब ७ बजे बा१क ८०११ नंको जेसिभीका सहचालक थापाको यन्त्रमा ग्रीज भर्दै गर्दा सडकको माथिल्लो भागबाट पहिरासँगै ढुङ्गा खसेर टाउकामा लागी मृत्यु भएको हो ।

प्रहरीको एक टोली घटनास्थल पुगेको छ । बाँकेका चालक वासुदेव चौधरी भने सकुशल छन् । घरबाट उनका परिवार आएपछि शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।