राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संसोधनमा हिन्दु राष्ट्रको सवाल प्राथिमकताका साथ उठाउनुपर्ने वताएका छन् । मिडिया नेपाल दाङ शाखाले शुक्रबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले समयमै सवै दलहरुका विचमा सहमति कायम गरेर मात्र संविधान शंसोधन आवश्यक रहेको बताएका थिए ।
उनले पछिल्लो समय लोभ लालच देखाएर संगठित रुपमा धर्मान्तर गराउने गिरोह लागि परेकोले त्यस्लाई तुरुन्त रोक्न माग गरे । पुर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले अहिलेकोे सरकारले सन्तुलित परराष्ट्र नीति कायम गर्न नसकेको बताए ।
उनले अहिलेको सरकारले परराष्ट्र नीति भारत केन्द्रित रहेको आरोप पनि लगाए । नेपालले सबै देशहरुसंग समान कुटनीतिक सम्वन्ध कायम गर्नुपर्ने बताएका उनले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका थिए ।
अध्यक्ष थापाले थापाले २०७४ माघ ७ सम्म तीन तहको निर्वाचन नगरे नयाँ संविधान धरापमा पर्ने सक्ने खतरा औंल्याए । उनले मधेशका नाममा विखण्डनको तयारी भइरहेको भन्दै त्यसलाई रोक्न कुनै न कुैन रुपमा संविधान संशोधन आवश्यक रहेको तर्क थापाको थियो ।