☰ open Loading... 26 April 2024|  

बन्दका कारण पश्चिम नेपालको जनजीवन प्रभावित
  | २८ कार्तिक २०७३, आईतवार ०७:३४

नेत्र विक्रम चन्द नेतृत्व नेकपा (माओवादी) ले गरेको नेपाल बन्दले पश्चिम नेपालको जनजीवन प्रभावित भएको छ । चर्को महङ्गीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्नु पर्ने भन्दै चन्द नेतृत्व माओवादीले नेपाल बन्द गरेको हो ।

nepal-stop

बन्दका कारण सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, दाङ, नेपालगञ्ज, कैलाली, कञ्चनपुर लगायतका जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी सधान सञ्चालनमा आएका छैनन् ।

बजार, स्कुल, कलकारखाना पूर्ण रुपमा बन्द छन् । छिटपुट मोटरसाईकल चलेपनि अन्य सवारी ठप्प रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

अप्रिय घटना हुन दिन सवै जिल्लामा सुरक्षाकर्मी परिचालन गरिएकाे मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतकाे भनाइ छ ।

कालोबजारी नियन्त्रण गर्नमा राज्य उदासिन भएकाले बन्दको आह्वान गरिएको नेकपा (माओवादी) सुर्खेतका सेक्रेटरी गणेश बोगटी ‘धुब्र’ ले जानकारी दिए । बन्द शान्तिपूर्ण हुने र अवज्ञा गर्न खोज्नेलाई कारवाही पनि गरिने चेतावनी उनले दिए ।