☰ open Loading... 19 April 2024|  

बन्द गराउँदै हिड्ने ६ जना पक्राउ
  | २८ कार्तिक २०७३, आईतवार १२:०१

जवरजस्ती बन्द गराउँदै हिड्ने ६ जना नेकपा (माओवादी) का कार्यकर्तालाई पक्राउ गरिएको छ । आईतबार विहान बन्द गराउँदै हिड्ने उनीहरुलाई वीरेन्द्रनगरको यारीचौकबाट सुर्खेत प्रहरीले पक्राउ गरेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआईजी माधव नेपालले जानकारी दिए ।

bus-stop
बन्दका कारण महेन्द्र राजमार्ग अन्तरगत कैलालीको कर्णाली चिसापानीमा रोकिएका बसहरु । तस्वीर सौजन्य : प्रेम खनाल

पक्राउ पर्नेमा महिला केन्द्रिय सदस्य गोमा ओली, जित, कार्म, पार्बती,खगेन्द्र र कमल नेपालीलाई तानाशाही शैलीमा प्रहरीले पक्राउ गरेको नेकपा माओवादी सुर्खेतका सेक्रेटरी गणेश बोगटी ‘धुव्र’ले जानकारी दिए । उनले बन्द सफल गराउन हिडेका कार्यकर्तालाई तत्काल रिहाई गर्न माग समेत गरेका छन् ।

उनका अनुसार विहान ११ बजेसम्म मध्यपश्चिममा कुनै पनि अप्रिय घटना भएको छैन् । मध्यपश्चिमका सवै जिल्लामा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको पनि डिआईजी नेपालले जानकारी दिए ।

रात्रीकालिन बसहरुलाई प्रहरीको सहयोगमा गन्तव्य पु¥याइएको छ । महेन्द्र राजमार्गको दाङदेखि बर्दियाको कर्णाली पुलसम्म प्रहरीले गस्ती गरिरहेका छौं ।’ डिआईजी नेपालले भने ।

यता सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार सुदूरपश्चिममा अहिलेसम्म कुनै पनि अप्रिय घटना भएका छैनन् । तर बन्दले जनजीवन प्रभावित भएको जानकारी दिएको छ ।