☰ open Loading... 2 May 2024|  

चरेससहित दुई जना पक्राउ
  | २९ कार्तिक २०७३, सोमबार ०७:५१

दश किलो चरेससहित प्रहरीले बाजुरा सदरमुकाम मार्तडीबाट दुई जनालाई पक्राउ गरेको छ । चरेससहित दार्चुलाको सितोला गाविस– ८ का २८ वर्षीय केशव धामी र बाजुरा दहकोट– २ का ३६ वर्षीय राजेन्द्रबहादुर बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक हरिहर सुनुवारले जानकारी दिए ।

लामो समयदेखि चरेसको व्यापार गरिरहेका उनीहरूलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको हो । झोलामा लुकाएर राखेको चरेस तराईतिर लैजाने तयारी गर्दैगर्दा दुवै जनालाई पक्राउ गरिएको र लागुऔषध ऐन २०३३ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।